गाउँले मिडिया / सम्वाददाता
पोखरा । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एल नेपालको क्याबिनेट अफिसर्स स्कुलिङ कार्यक्रम शुक्रबार देखि सुरु भएको छ । गण्डकी प्रदेशको राजधानी सुन्दर नगरी पोखरामा जेठ ९ र १० गते होटल ग्राण्ड बिरौटामा दुइ दिन सम्म सञ्चालन हुने छ ।
कार्यक्रमको शुक्रबारको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहाुर पौडेलले नेपालमा लायन्सले धेरै उदाहरणीय कार्य गरेको बतउँदै यसले मानविय सेवा तथा समाज सेवाका कार्य गरेको बताउनु भयो ।
मानवले आफ्नो जिम्मेवारी इमान्दारीका साथ निर्वाह गर्नुपर्नेमा जोड दिंदै मन्त्री पौडेलले लायन्सले गर्ने सामाजिक एवम् मानविय सेवाका सकारात्मक कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी डिष्ट्रिक्टक गभर्नर सुमन भट्ट क्षेत्रीले डिष्ट्रिक्टकलाई उत्कृष्ट डिष्ट्रिक्टक बनाउन आफ्नो क्षमताले भ्याएसम्म सबैले योगदान गरेको बताउँदै आफ्नो कार्यकालमा लायन्सले खर्चमा कटौती गरी गुणस्तरीय कार्य गर्ने निर्णय गरेको स्मरण गर्नु भयो । लायन्सले मानविय तथा सामाजिक कार्य गर्दा दिर्घकालिन सोच राखेर कार्य गर्नुपर्ने बताउनु भयो । यसै गरी लायन वर्ष २०२५÷२६ का डिष्टिक्ट गभर्नर एकनाराययण शमाले स्वागत गर्दै कार्यक्रममाथि प्रकाश पार्नु भएको थियो ।
यसै गरी पूर्व डिष्टिक्ट गभर्नर एवम् तनहुँ जिल्लाका प्रदेश सभासद अशोक कुमार श्रेष्टले लायन्सको परम्पराका बारेमा चर्चा गर्दै मनोनित क्याबिनेटका पदाधिकारीले आफ्नो पदिय जिम्मेवारी पूरा गरी विगतका जस्तै यो वर्षलाई पनि उत्कृष्ट डिष्टिक्ट बनाउनुपर्ने बताउनु भयो । यसका लागि सबैको उत्तिकै साथ र सहयोग हुनुपर्नेमा जोड दिनु भयो ।
उद्घाटन कार्यक्रममा पूर्व डिष्टिक्ट गभर्नरहरु लायन गौतममान श्रेष्ट, लायन मनिश्री रत्नबज्रचार्य , लायन प्रमेश्वर बरालले आफ्नो कार्यकालमा सम्पन्न भएका कार्यको स्मरण गर्दै डिष्टिक्ट गभर्नर एकनारायण शर्माले अगाडि सार्नु भएको सफलताका लागि एक्यबद्धता भन्ने नारालाई आत्मसाथ गरी सफल पार्न स्कदो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सोही अनुसार सहयोग गर्न सबै क्याबिनेटका पदाधिकारीहरुलाई आग्रह गर्नु भयो ।
क्याबिनेट सेक्रेटरी लायन सुजित हिराचनले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने प्रथम भाइस डिष्टिक्ट गभर्नर लायन तारा भुसालले धन्यवाद व्यक्त गर्नु भएको थियो भने कार्यक्रम डिष्टिक्ट गभर्नर लायन एकनारायण शर्माको अध्यक्षतामा भएको थियो ।
यसै गरी उद्घाटनको पहिलो दिन डिष्टिक्ट गभर्नरले आफ्नो कार्यकालमा गरिने कार्यको बारेमा चर्चा गर्दै डिष्टिक्टको नारा सफलताका लागि एक्यबद्धतालाई सार्थकता बनाउन सबैले सहयोग गर्न आग्रह गर्नु भयो । डिष्टिक्ट गभर्नर शर्माले उत्कृष्ट कार्य गर्ने क्लब एवम् लायनलाई उचित मूल्यांकन गरी सम्मन समेत गर्ने बताउनु भयो ।
यसै गरी पूर्व डिष्टिक्ट गभर्नर गौतममान श्रेष्टले लायन्सको विधान एवम नियमको बारेमा चर्चा गर्नु भएको थियो । निबर्तमान डिष्टिक्ट गभर्नर परमेश्वर बरालले पदिय जिम्मेबारी अनुसार डिष्टिक्टका पदाधिकारीहरुको काम कर्तव्य र अधिकारी र लायन्सले गर्ने कार्यका बारेमा प्रशिक्षण दिनु भएको थियो ।
यसै गरी डिष्टिक्ट गभर्नर लायन एकनारायण शर्मा र पूर्व डिष्टिक्ट गभर्नर मनिश्री रत्नबज्रचार्यले जोन चियर पर्सनहरुलाई प्रशिक्षण दिनु भएको थियो भने बर्तमान डिष्टिक्ट गभर्नर सुमन भट्ट क्षेत्रीले रिजन चियर पर्सनलाई प्रशिक्षण दिनु भएको थियो । त्यस्तै गरी जीएटी , जीएलटी, जीएमटी, जीएसटी , जीइटी, एलसीआइएफ लायन लिडरहरुलाई प्रथम भाइस डिष्टिक्ट गभर्नर लायन तारा भुसाल, द्धितीय भाइस डिष्टिक्ट गभर्नर लायन तेजनारायण पराजुलीले प्रशिक्षण दिनु भएको थियो ।
काठमाडौं, पोखरा, तनहुँ लगायतका क्षेत्रबाट १६५ जना भन्दा बढी लायन लिडरहरुको प्रशिक्षणमा सहभागीता रहको डिष्टिक्ट गभर्नर लायन एकनारायण शर्माले जानकारी दिनु भयो । नेपालमा हाल १५ वटा डिष्ट्रिक्ट रहेका छन् भने डिष्ट्रिक्ट ३२५ एलमा १ सय १२ वटा क्लबहरु रहेका छन् ।









