गाउँले मिडिया सम्वाददाता
लेखनाथ / ११ जेठ ।
पोखरा महानगरपालिका वडा नं.३० शिशुवा स्थित न्यू लाइट बोडिङ स्कुले अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कक्षा ४ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुका अभिभावकहरुलाई दिइएको अभिभावक शिक्षा कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
कार्यक्रममा प्रशिक्षक रबि किरणले सोहार्द जीवनका सात नियमहरु, परिवारमा खुशी हुन सिक्नुपर्ने र बालबालिकालाई खुशी बन्न सिकाउनुपर्ने , अभिावकले बालबालिकालाई समयको लगानी गर्नुपर्ने भन्दै विविध विषयमा अभिभावकहरुलाई अभिप्रेरित गर्नु भएको थियो ।
प्रशिक्षणका क्रममा रबि किरणले जुनसुकै बालबालिकामा जन्मिदै लिलक्षण प्रतिभा लिएर जन्मिने, उनीहरुमा असिमित क्षमता हुने र ठूलो उद्धेश्य हुने बताउँदै अभिभावकलाई आफ्नो बालबालिकाको प्रतिभा पहिचान गर्न आग्रह गर्नु भयो । अभिभावकले बालबालिकासँग कुरा गर्दा ध्यान दिनुपर्नेमा जोड दिंदै बालिबालिकालाई सँधै हौसला प्रदान गरी सकारतात्मक सोचको बिकास गराउनुपर्ने बताउनु भयो ।
अभिभावकको हौसला नै बालबालिकाको लागि सफलतामा प्राप्त गरेको मेडल सरह हुने बताउँदै बालबालिकाको लागि समय लगानी गर्न आग्रह गर्दै बाबु आमाको कारणबाट धेरै बालबालिकाको भविष्य अन्धकार भएको उदाहरण प्रस्तुत गर्दै अभिभावकले बालबालिकालाई कहिल्यै पनि नकारात्मक कुरा गर्न नहुनेमा जोड दिनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण प्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्राचार्य ढाकाराम कंडेलले स्वागत गर्दै बालबालिकामा समय अनुसार ज्ञान, सिप, क्षमता फरक फरक हुने बताउँदै विद्यार्थीको क्षमताको पहिचान गर्नु नै आजको आवश्यकता भएको बताउनु भयो । २१ औं शताब्दिको दक्ष जनशक्ति उत्पादन गर्नको लाति अभिभावक, विद्यार्थी, शिक्षकहरु , विद्यालय प्रशासन सबैको भुमिका महत्वपूर्ण हुने बताउँदै विद्यार्थीको उज्ज्वल भविष्यका लागि सरोकारवाला सबैलाई बेलैमा सचेत गराउनका लागि अभिभावक अभिमुकिरणको कार्यक्रमको आयोजना गरिएको भन्दै कार्यक्रमको बारेमा स्पष्ट पार्नु भएको थियो ।
यसै गरी अक्षरा मन्टेश्वरीका प्रिन्सिपल एवम् अभिभावक शोमिला ताम्राकारले प्रशिक्षण कार्यक्रमले बालबालिकाको भविष्य प्रति हामी सबै अभिभावकलाई सचेत गराएको बताउँदै यस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा विद्यालयप्रति कृतज्ञता प्रकट गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका भाइस प्रिन्सिपल अरुणचन्द्र सुवेदीले गर्नु भएको थियो ।