पोखरामा हुने लायन्स महाधिवेशनको तयारी तिब्र

  • ख-
  • ख+

पोखरा, ९ बैशाख ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने सातौं महाधिवेशनको तयारीलाइ तिब्र बनाइएको छ । महाधिवेशनमा ३ हजार भन्दा बढी लायन्स सदस्यहरु सहभागी हुने मूल आयोजक समितिका संयोजक तथा डिष्ट्रिक्टका डिपार्टमेन्ट चिफ बिमला श्रेष्ठले जानकारी दिइन् ।
१ हजार ५ सय जनाले रजिस्टेसन गरिसकेका उनले भनिन्, ‘१३ गतेसम्म ३ हजार जनाले रजिस्टेसन गर्ने हाम्रो विश्वास छ ।’ लायन्स क्लब अफ पोखरा गण्डकीको संयोजनमा महिला मात्रै सदस्य रहेका पोखरा क्षेत्रमा रहेका २६ वटा महिला लायन्स क्लबहरुको आयोजनामा महाधिवेशन हुँदैछ ।
‘देशभरबाट लायन्स सदस्यहरु पर्यटकीय नगरी पोखरामा हुने लायन्सको महाधिवेशनमा सहभागी हुनेछन् । पोखरा क्षेत्रको आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा प्रत्यक्ष रुपमा सहयोग पुग्ने सहसंयोजक मीलन थापाले बताइन् ।
पोखरामा हुने महाधिवेशनलाई सकेसम्म राम्रो र व्यवस्थित बनाइने सचिव विधाता द्वाले जानकारी दिंदै महाधिवेशन सफल पार्न विभिन्न २६ वटा विभिन्न उपसमितिहरु बनाइएको उनले बताइन् । सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको महाधिवेशन आयोजक समितिका कोषाध्यक्ष तथा जोन चियरपर्सन विन्दुु श्रेष्ठले जानकारी दिइन् ।
महाधिवेशनका लागि गभर्नर पदमा ईन्दु लम्साल र फस्ट भाइस डिष्ट्रिक गभर्नर पदमा मन रोकाको उम्मेदवारी रहेको छ । उनीहरु दुवैले ‘एस’मत लिनुपर्नेछ । सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर पदमा भने ध्रुवबहादुर श्रेष्ठ र विशेश्वर आचार्य दुई पक्षबीच तिब्र प्रतिस्पर्धा हुँदैछ । आचार्य र श्रेष्ठले चुनावी अभियानलाइ तिव्र पारेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्