बाल दोहोरी गायिका घिमिरेले तताइन् लेखनाथ महोत्सवको माहोल

  • ख-
  • ख+

लेखनाथ । चर्चित बाल दोहोरी गायिका कमला घिमिरेले बुधबार लेखनाथ महोत्सवको माहोल तताएकी छन् । हरेक दिन बिहान १० बजे देखि साँझ आठ बजेसम्म चल्ने महोत्सवमा दर्शकलाई मनोरञ्जन दिनका लागि सूरुमा विद्यालय स्तरीय लोक नृत्य, मातृशक्तिको सम्मानमा रत्यौली साथका ख्याति प्राप्त दोहोरी कलाकारको लोक दोहोरी, हाँस्य प्रहसन र साझमा युवा युवतीहरुलाई लक्षीते पप कन्सर्ट तथा मोडल डान्सले महोत्सवलाई थप रोचक बनाएका त छँदै छन बुधबार बाल दोहोरी गायिका कमला घिमिरेको चौतारीको वर, चिया छानेको लगायतका प्रस्तुतिले महोत्सवको माहोल तताएको हो ।

जारी लेखनाथ महोत्सवको सातौं दिन  बुधवार थामीनसक्ने दर्शकको भीड लागेको थियो । बाल लोक दोहोरी गायीका कमला घिमेरेको प्रस्तुति हेर्न गाउँगाउँदेखि दर्शक ओइरिएका थिए । युटुव देखि लोक दोहोरी कार्यक्रम ईन्द्रेणीको प्रर्दामा मात्र देखिएकी कमलालाई महोत्सवको स्टेजमा प्रत्यक्ष रुपमा हेर्न पाईने भएपछि बुधबार दर्शकको आर्कशण बढेको प्रचार प्रसार उप समितिका संयोजक उपेन्द्र राज सुवेदी राजुले बताए ।

मध्यान्नतिर महोत्सव छिरेकी कमलाको पहिलो प्रस्तुति जीवन दाहालसँग पिपलुलाई बर छैन मलाई डर ..भन्ने र त्यस पछि शिवहरी ढुगानासँगको चिया छानेको बोलीले हँसाउन कति जानेको ..भन्ने बालेको गीत र अन्तिममा राजु परियारसंगको दोहोरीमा कमलाको दमदार प्रस्तुतिले दर्शकलाई थप मनोरञ्जन दिएको थियो ।

उमेरले ११ वर्ष भए पनि आफना वावु सरवरका लोक दोहोरी गायकहरुलाई पछि पर्ने गरी कमलको प्रस्तुतिमा दर्शकहरु हौसिँदै आफू बसेकै ठाउँबाट उठेर नाँच्न पनि पछि परेका थिएनन् । फरक-फरक दिन फरक फरक प्रस्तुतिले तताएको महोत्सवको सातौ दिन क्रिसमसको दिन परेकाले पनि महोत्सव स्थलमा दर्शकको चाप बढेपछि आयोजकहरुलाई ब्यवस्थापन गर्न हम्मेहम्मे नै परेको देखिन्थ्यो भने दर्शकहरुको ब्यवस्थापन गर्न दुई ठाँउबाट आपतकालीन ढोका खेलेर दर्शकलाई बहिर पठाउन बाध्य भएको संघका द्वितिय उपाध्यक्ष राजेन्द्र ओझाले बताएका छन् ।

टिकट बिक्रि कक्षबाट बिक्रि भएका टिकट र विभिन्न तहका पासका आधारमा गरिएको मुल्याङकनका आधारमा बुधबार मात्र करिव २५ हजार दर्शकले मेलाको अवलोकन गरेको र हालसम्म एक लाख ७० हजार भन्दा बढी दर्शकले मेलाको अवलोकन गरिसकेका आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयको दावी रहेको छ ।

दर्शकको चाप सँगसँगै आर्थिक कारोबारमा पनि वृद्धि भई बुधबार मात्र एक करोड २५ लाख बराबरको आर्थिक कारोबार भएको र हालसम्म करिब आठ करोड २५ लाख बराबरको कारोबार भईसकेको प्रथम उपाध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्