गोल्डेन नेचर बोर्डिङ स्कुलमा विविध कार्यक्रमसहित रजत जयन्ती समारोह सम्पन्न

  • ख-
  • ख+

लेखनाथ, १० पुष ।
पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुङ्गेपाटन स्थित यस गोल्डेन नेचर बोर्डिङ स्कुलको स्थापनाको २५ वर्ष पुरा गरी यही पौष ९ र १० गते दुई दिने कार्यक्रमसहित रजत जयन्ती समारोह सम्पन्न भएको छ ।
पहिलो दिन पौष ९ गतेको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जी.सी.ले देश विकासका लागि निजी र सार्वजनिक क्षेत्र सँगसगै मिलेर अगाडि बढ्नुपर्ने धारणा राख्दै पोखरा शिक्षामा अघि रहेको कुरा यसै क्षेत्रका विद्यालयहरू देशै भरिमा उक्कृष्ट भई सम्मानित भएबाट प्रमाणित भएको बताए ।
दोस्रो दिन पौष १० गतेको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश, कास्की क्षेत्र नं. १, क का सांसद एव विकास समितिका सभापति दीपक कोइरालाले देशको संविधानले आधारभूत तहसम्म निशुल्क तथा अनिवार्य शिक्षाको व्यवस्था गरे पनि तत्काल निजी क्षेत्रको सहभागिता बिना राज्यले मात्र धान्न नसक्ने विचार व्यक्त गरे ।
यसैगरि शिक्षा विकास तथा समन्वय इकाई, कास्कीका प्रमुख नारायण प्रसाद सुबेदीले यो देशको शिक्षाको विकासमा निजी लगानीका विद्यालयहरूको महत्त्वपूर्ण भूमिका रहेको धारणा राख्दै असल आचारण संस्कार युक्त अनुशासित विद्यार्थी उत्पादन गर्न थप मेहनत गर्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा प्याब्सन केन्द्रिय कार्यसमितिका उपाध्यक्ष वीर बहादुर बुढाथोकी, पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोख्रेल, पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत विश्वराज आचार्य, एन. प्याब्सान कास्कीका अध्यक्ष हेमन्त अधिकारी लगायतले शुभकामना मन्तव्य राख्दै विद्यालयले अहिलेसम्म उत्कृष्टता प्राप्त गर्न सकेकोमा बधाई दिदै भविष्यमा थप सफलताको कामना व्यक्त गरेका थिए ।
विद्यालयका संस्थापक÷प्रिन्सिपल एवम् प्याब्सन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्माले विद्यालयका गतिविधि, भावी कार्ययोजना प्रस्तुत गर्दै स्थापनाकाल देखि हालसम्म शिक्षाको विकासमा योगदान पु¥याउने सबैमा आभार एवम् धन्यबाद प्रकट गरेका थिए ।
रजत जयन्तीको अवसरमा विद्यालयले सम्पन्न गरेका क्रियाकलापहरुमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल विभिन्न विद्यालयका विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको थियो । विद्यालयको स्थापना कालदेखि हालसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, सदस्यमा रही योगदान पु¥याउने महानुभावहरु, स्थापनामा महत्त्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरु, पूर्व एवम् वर्तमान शिक्षक÷शिक्षिका एवम् कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।
साथै शैक्षिक सत्र २०७५ मा उत्कृष्त नतिजा ल्याउन सफल विद्यार्थीहरु, विभिन्न क्रियाकलापका विजेता विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने २०७५ को गोल्डेन नेचर अवार्डबाट २०७५ को एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी प्रमित शर्मा सुबेदीलाई सम्मान गरिएको थियो । साथै एस.ई.ई. परीक्षा २०७५ मा सफल सम्पूर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
विद्यालयका व्यवस्थापक नवराज रानाभाट र सह–प्राचार्य ठाकुर प्रसाद गौतमले स्वागत एवम विद्यालयका विविध विषयमा आफ्नो धारणा राखेका थिए भने विद्यालयका शिक्षक नविन शाही, सह–प्राचार्य ठाकुर प्रसाद गौतम र विद्यार्थीहरुले सञ्चालन गरेको उक्त दुबै दिनको कार्यक्रम विद्यालयका संस्थापक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्तिनाथ रानाभाटको अध्यक्षता सम्पन्न भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्