सुक्रवार लेखनाथ महोत्समा करिव एक करोड ५० लाख बरावरको आर्थिक कारोवार

  • ख-
  • ख+

लेखनाथ, ११ पुष ।
महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवले विगतका वर्षमा स्थापित गरेको ईतिहास सफलतासगै महोत्सवको नवौं दिन दर्शकको चाँप सगै कारोवारमा पनि उल्लेखिए रुपमा बृद्धि भएको छ । सुक्रवार महोत्समा करिव एक करोड ५० लाख बरावरको आर्थीक कारोवार भएको र अहिलेसम्म नौ करोड ७५ लाख बरावरको कारोवार भएको संघका कोषाध्यक्ष जानुका अधिकारीको दावी रहेको छ ।
यस वर्षको महोत्सवमा अझ वढि स्तरिय कार्यक्रमका साथ महोत्सव संचालन भएकाले एक पटक आउनै पर्छ भन्ने मान्यता राखेर टाडा टाडाबाट पनि दर्शकहरु आएने गरेको महोत्सवका मुल संयोजक तथा आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालको भनाई रहेको छ । समग्र पोखरा पोखरा उपत्यकाको आर्थीक तथा समाजीक विकासमा सहयोग पु¥याउने उदेश्यले जारी १६ औं सस्करणको लेखनाथ महोत्सव समापनको दिन जति जति नजिकीदै छ उति उति दर्शकको चाँप र अभिरुची बढ्काले आयोजकहरुलाई दर्शकको ब्यवस्थापनमा हम्मे हम्मे नै पर्ने गरेको पाईएको छ । महोत्सवमा अन्य दिनको तुलनामा दर्शकको सख्या उल्लेखिय भएकाले सुक्रवार मात्र करिव ३० हजार दर्शकहरुले मेलाको अवलोकन गरेको र अहिलेसम्म आईपुग्दा करिव दुई लाख दर्शकले मेलाको अबलोकन गरेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघको दावी रहेको छ ।
यसैविच महोत्सवको नवौ दिन सुक्रवार पप लाइभ कन्सटमाःलाहुरे (आसिस राना), हाउडे माया र सन्तोष वस्याल तथा दोहोरी तर्फ देवी घर्ती,राजु गुरुङ,दुर्गा सापकोटा, तारापति सुवेदी,मिरा पोखरेल र रमेशवावु थापा लगाएत साथमा लोकप्रिय ह्स्य कलाकारको प्रहसन रहेको थियो ।
प्रायः मध्यान्नको समयमा दर्शकको अधिक चाँप रहने लेखनाथ महोत्सवमा सुक्रवार भने दिन भरि जसो नै दर्शकको उपस्थीती उल्लेखीय रहिरहेको देखिन्थो, कारण थियो साझाको लाइभ पप कन्सट ।
अन्य दिनमा साँझ परे पछि दर्शकहरु बहिरीने क्रम चल्थो तर सुक्रवार महोत्सवामा चर्चित पप ¥यापर गायक लाहुरे (आसिस राना) को प्रस्तुती रहेने भएपछि वाहिरीने दर्शक भन्दा भित्रीने दर्शकको चाँप अधिक देखिन्थो ।
युवा वर्गको मन जित्न सफल लाहुरे लेखनाथ महोत्सवमा आउने थाहाँ पाए पछि युवा, युवतीहरुको उपस्थितीले महोत्सव स्थल खचाखच देखिएको थियो । कोही आफना साथी संगीहरुसग थिए भने कोही आफना प्रेम प्रमिका भएर पनि महोत्सव स्थल छिरेकाले महोत्सवको रौनक नै भिन्न खालको रहेको पाईएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्