शनिवार ५० हजार दर्शकद्धारा लेखनाथ महोत्सवको अवलोकन

  • ख-
  • ख+

लेखनाथ, १२पुष ।
महोत्सवको पनि महोत्सवका रुपमा परिचित १६ औ संस्करणको लेखनाथ महोत्सवमा शनिवार दशौ दिन ५० हजार दर्शकले मेलाको अवालेकन गरेका छन् । शनिवार विदाको दिन परेकाले पनि व्यापक जनसागर उर्लिए संगै आर्थिक कारोवारमा पनि उल्लेख्य रुपमा बृद्धि भएको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघको दावी रहेको छ भने अहिलेसम्म आईपुग्दा करिव दुईलाख ५० हजार र दर्शक मेला प्रबेश गरिसकेको संघका महासचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिएका छन् ।
१० औ दिन महोत्सव स्थल परिसरमा सुरक्षा निकायलाई दर्शको भीड व्यवस्थापन गर्न हम्मे हम्मे समेत भएको थियो । त्यसैगरी टिकट काउन्टर भीड व्यवस्थापन गर्न थप वाहिर टिकट काउन्टरको व्यवस्थापन गर्नुपरेको थियो । दर्शकको चाँपसगै कारोवारमा पनि उल्लेख्य रुपमा बृद्धि भएको छ । महोत्सवमा आउने दर्शकहरुले हातमा केही न केही लिएर फर्कने गरेको देखिन्थो । महोत्सवको दशौ दिनमा २ करोड रुपैया वरावरको आर्थिक कारोवार भएको र आज सम्मको १२ करोड ७५ लाख वबरावरको आर्थिक कारोवार भएको संघका कोषाध्यक्ष जानुका अधिकारीको दावी रहेको छ ।
यसैगरी महोत्सवको अर्को थप आकर्षणका रुपमा रहेको बिद्यालय स्तरीय नृत्यले पनि महोत्सवलाई थप रोचक बनाएको प्रचार प्रसार संयोजक उपेन्द्रराज सुबेदी (राजु) ले जानकारी दिएका छन् । शनिवार लोकदोहोरी पप कन्र्सट तर्फ पुर्णकला विसी, वन्दना पाण्डे, तुलसा जिसी, पशुपति शर्मा, सुरेन्द्र गुरुङ्, राजेन्द्र वि.क.,राजन कार्की, शर्मिला वि.क., नेत्र खड्का लगायतको प्रस्तुती रहेको थियो त्यस्तै हास्यकलाकार तर्फ काउली बुढी, प्रमोद खरेल, रवि ओड, ओम गुरुङ, सन्ध्या बुढा, नेपाल आइडलका कलाकार र मोडल डास्सको प्रस्तुती रहेको थियो । साथै जातजातिको सस्ंकृति तर्फ शिसुवा नेःवाः खलको तयामचा र चौधरी समाजको प्रस्तुती रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्