लेखनाथ महोत्सव मंगलबार समापान हुने

  • ख-
  • ख+

लेखनाथ, १४ पुस ।
समग्र गण्डकी प्रदेशको आर्थीक तथा सामाजिक क्षेत्रको विकासमा टेवा पु¥याउने उदेस्यले पुस ३ गते देखि संचालीत १६ औं लेखनाथ महोत्सव मंगलवार समापन हुदै छ ।
महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ लेखनाथको तालचोकामा संचालित महोत्सवले विगतका जस्तै यस वर्ष पनि लक्ष्य अनुसारको सफलता हात पार्न सफल भएको आयोजकको वादी रहेको छ ।
सवै खालका दर्शकहरुलाई हुने गरि राखिएको स्टेज कार्यक्रम र महोत्सव स्थलमा भएका तीन सय ४० वटा स्टलमा सवै प्रकृतीका सामानहरु पाउने गरि ब्यवस्थापन गरिएकाले यस वर्षको महोत्सवले दर्शकको मन जित्न सफल भएको सघका निवर्तमान अध्यक्ष कृष्णहरि भण्डारीको भनाई रहेको छ ।
उत्पादक र उपभोक्तालाई एक ठाउमा भेटाउने गरि राखिएको महोत्सव समापनको अन्तिम दिन दर्शकहरु विशेष गरि किनमेलमा नै ब्यस्त देखिन्थे । विषेश गरि जाडोमा प्रयोग हुने कपडा, दैनिक उपभोग्य वस्तु, भाडवर्तन,कृषि उत्पादनका स्टलमा दर्शकको चाँप बढि रहेको देखिन्थ्यो ।
समापनको संघारमा रहेको महोत्सवको १२ औं दिन करीव १५ हजार दर्शकले मेलाको अवलोकन गरेको र हालसम्म दुई लाख ८० हजार दर्शकले मेलाको अवलोकन गरेको र कारोवारमा पनि अघिल्ला दिनको तुलनामा बृद्धि भएकोले सोमवार मात्र करिव एक करोड बरावरको आर्थिक कारोवार भएको र हालसम्म करिव १५ करोड २५ लाख वरावरको कारोवर भईसकेको संघका कोषाध्यक्ष जानुका अधिकारीको दावी रहेको छ ।
यसैविच महोत्सवको मंगलवार गण्डकी प्रदेशका आर्थीक तथा सामाजिक विकास मन्त्री किरण गुरुङबाट समापन गर्ने कार्यक्रम रहेको संधकी कार्यलय प्रमुख पवित्रा श्रेष्ठले जानकारी दिएकी छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्