म रावणतिर परें, झापड हान्दा मज्जा लाग्छ : मनाङ्गे

  • ख-
  • ख+

८ माघ, पोखरा । गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङलाई आफूले नभइ मुख्यमन्त्रीले झापड हान्नुपर्ने बताएका छन् । मनाङ्गेले मंगलबार मुख्यमन्त्री कप फुटबलको उद्घाटनका क्रममा गुरुङलाई झापड हानेका थिए ।

मनाङ्गेले पनि पत्रकार सम्मेलन गरेका छन् र एन्फा कास्कीका अध्यक्षमाथि भ्रष्टाचार गरेको आरोप लगाए । ‘ठगलाई मैले झपड नहानेर मैले माला लगाइदिऊँ त ?’ उनले भने, यस्तो मान्छेलाई तपाईंहरुले पनि झापड हान्ने हो, मैले पनि हान्ने हो ।

गुरुङले भ्रष्टाचार गरेको भए कारबाही गर्ने निकाय छ नि भन्ने प्रश्नमा प्रदेशसभा सदस्य मनाङ्गेले भने, झापड पनि कानून हो । हिजो जनताले पूर्वप्रधानमन्त्रीलाई चप्पल हानेन । अनि मैले ठगलाई झपड हान्दा यत्रो ठूूलो विषय किन ?’

झापड हानेर ठीक गरें भन्न खोज्नु भएको हो भन्ने प्रश्नमा उनले भने, ‘मलाई एकदमै राम्रो लागेको छ । तपाईंलाई नराम्रो लागेको छ भने लेख्नुस् न यार ।’

‘मैले झापड हानेको तपाईंहरुलाई मन परेन । राम्रो कुरा हो, तपाईंहरु गान्धीतिरको हुनुहुँदोहेछ । म चााहिँ रावणतिर परें । मलाई चाहिँ झापड हान्दा मज्जा लाग्छ ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्