सार्क राष्ट्र १७९ जना कोरोना भाइरस संक्रमित

  • ख-
  • ख+

चैत २,  काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा आइतवार अपरान्ह दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रबीच भिडियो संवाद भएको छ।

चीनको वुहानबाट गत डिसेम्बरमा फैलिएको कोभिड-१९ बाट भारतमा एक साताकोबीचमा दुईजनाको ज्यान गइसकेको छ। भारत र पाकिस्तानसहित सार्कका ८ देशमा अहिलेसम्म कोरोनाका १७८ मामिला पुष्टि भएका छन्।  भारतमा सबैभन्दा धेरै १०९ जना कोरोनाबाट संक्रमित भएका छन्। पाकिस्तानमा ३४ जना कोरोना पोजिटिभ भेटिएका छन्।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा सार्क राष्ट्रका सदस्यबीच भिडियो संवाद भएको हो।  यो संवादमा पाकिस्तानका प्रधानमन्त्री इमरान खान सहभागी भएनन्। उनले आफ्ना स्वास्थ्य मन्त्रीलाई कोरोना संकटमाथि चर्चाका लागि सहभागी गराए। यसक्रममा मोदीले कोरोनाविरुद्ध तयार रहन आग्रह गर्दै कसैले नआत्तिन नहुने बताए।  मोदीले कोरोनाका कारण विदेशमा फसेका १४ सय भन्दा धेरै भारतीयलाई उद्धार गरेर देशमा ल्याइएको जानकारी दिए।

उनले कोरोना सार्क देशका लागि साझा चुनौती रहेको बताउँदै यसविरुद्ध सबैले डटेर सामूहिकरुपमा लड्नुपर्नेमा जोड दिए।  सतर्कता कोरोनाका कारण भारत, पाकिस्तान र नेपालले आफ्नो आफ्नो सिमाना सिल गरेका छन्। पाकिस्तानमा ७ हजार नागरिक सरकारको निगरानीमा छन्। यिनीहरु सबै विदेशबाट फर्किएका नागरिक हुन्।  भारतमा करिब ५० हजार मानिस निगरानीमा छन्। नेपालले सगरमाथासहितको हिमआरोहणमा रोक लगाएको छ। बंगलादेशले विदेश यात्रामा रोक लगाइदिएको छ। मालदिभ्स, भुटान र अफगानिस्तानले पनि भिसा आवेदन प्रक्रिया पर तत्काललाई रोकेका छन्। यी देशमा करिब ८ हजार मानिस क्‍वारेन्टाइनमा छन्।

सार्क देशमा कोरोना संक्रमितको संख्या

 भारत १०९

पाकिस्तान  ३४

अफगानिस्तान ११

श्रीलंका १०

मालदीभ्स १०

बंगलादेश ०३

भुटान ०१

नेपाल ०१

जम्मा १७९

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्