अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार नाघ्यो

  • ख-
  • ख+

चैत २९, २०७६ काठमाडौ‌ं : अमेरिकामा कोरोना भाइरसबाट एकैदिन २,०३७ जनाको मृत्यु भएको छ। योसँगै अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८,७१९ पुगेको छ। वर्ल्डोमिटरको तथ्यांकअनुसार अमेरिकामा मात्र संक्रमित हुनेको संख्या ५,०२,८७६ पुगेको छ।
शुक्रबारसम्म न्युयोर्कमा सबैभन्दा धेरै संक्रमितको ज्यान गएको छ। त्यहाँ हालसम्म ७,८४४ जनाको मृत्यु भइसकेको छ भने १,७२,००० बढी संक्रमित भेटिएका छन्‌।त्यस्तै न्युजर्सीमा १,९३२ जनाको मृत्यु भएको छ भने ५४,००० बढी संक्रमित रहेका छन्। मिचिगनमा पनि १,२८१ जनाको मृत्यु र २२,००० बढीमा संक्रमण देखिएको छ।
यसैगरी विश्वभर कोरोना महामारीका कारण आज बिहानसम्म मृत्यु हुनेको संख्या १,०२,७३४ पुगेको छ। फ्रान्स र बेलायतमा पछिल्लो २४ घण्टामा झण्डै १-१ हजार जनाको मृत्यु भएको छ। फ्रान्समा अहिलेसम्म १३ हजार संक्रमितको जनाको ज्यान गएको छ भने बेलायतमा मृत्यु हुनेको संख्या ९ हजार हाराहारीमा पुगिसकेको छ।
स्पेन र इटलीमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या केही घटेको छ। स्पेनमा ६३४ र इटलीमा ५७० जनाको ज्यान गएको छ। हालसम्म स्पेनमा मृत्यु हुनेको संख्या १६ हजार पुगेको छ। इटलीमा मृत्यु हुनेको संख्या १८,८०० सय नाघेको छ।
यस्तै विश्वभर संक्रमितको संख्या १७ लाख नजिक पुगेको छ । स्पेनमा ५ हजार संक्रमित थपिएसँगै संक्रमितको संख्या  १ लाख ६० हजार पुगेको हो। नेपालको दक्षिणी छिमेकी देश भारतमा ७७४ जना संक्रमितले ज्यान गुमाएका छन्‌। संक्रमितको संख्या ७,६०० पुगेको छ। विश्वभर भेटिएका संक्रमितमध्ये ३,७६,३२७ जना उपचारपछि निको भएका छन्‌।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्