रुसी प्रधानमन्त्री र पाकिस्तानका सभामुखमा पनि कोरोना भएको पुष्टि

  • ख-
  • ख+

बैशाख १९,  : रुसका प्रधानमन्त्री मिखाइल मिसुस्तिनमा कोरोना भाइरस पोजिटभ देखिएको छ। उनले यसबारे आफैंले जानकारी दिएका छन्। उनले हिजो बिहीबार यसबारे बताएका हुन्।

भिडियो कुराकानीका क्रममा उनले आफूलाई कोरोना संक्रमण देखिएको बताएका हुन्। ‘मैले आफूमा कोरोना भाइरस परीक्षण गराएको थिएँ, रिपोर्ट पोजिटिभ आएको छ। अब म सेल्फ आइसोलेसनमा जान लागेको छु,’ प्रधानमन्त्री मिखाइलले भने, ‘म सुरक्षित हुन एकदमै जरुरी छ ।’

उनले राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भिडियो कन्फ्रेन्समा यस्तो बताएका हुन्। रुसमा एक लाख मानिसमा कोरोना संक्रमण भइसकेको छ।  त्यसैगरी पाकिस्तानका नेसनल एसेम्बलीका सभामुख असद केसरमा पनि कोरोना भाइरस भएको पुष्टि भएको छ। उनले २४ अप्रिलमा प्रधानमन्त्री इमरान खानसँगको भेटघाट गरेका थिए। उनका छोराछोरीको पनि रिपोर्ट पनि पोजिटिभ आएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्