नेपाली काँग्रेस कास्कीले प्रधानमन्त्रीलाई पठायो १४ बुदेँ ज्ञापनपत्र

  • ख-
  • ख+

पोखरा, २ असार । बढ्दो कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकार संवेदनशील बन्न लगायतका मागलाई ग्रहण गर्न आग्रह गर्दे नेपाली काँग्रेस कास्कीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार ज्ञापनपत्र पठाएको छ ।

नेपाली काँग्रेस कास्कीले सरकारलाई जिम्मेवार बोध गर्न र सुशासन कायम राख्न सुझाव दिएको छ । पिसिआर परिक्षणको दायरा बृद्धि गर, नागरिक जीवन रक्षाको ग्यारेन्टी गर, राष्ट्रिय ढुकुटीको ब्रम्ह्लुट बन्द गर, विशेष राहत कार्यक्रम तुरुन्त घोषणा गर’ लगायतका नारा लगाउदै कास्की कांग्रेसले जिल्ला प्रशासन कार्यालय शहिदचोकमा पुगेर ज्ञापनपत्र बुझाएको हो । र्यालीका सहभागिले सबैलाई पिसिआर परिक्षण गर्न र ७० करोड भ्रष्टाचारको कारवाहीको माग गरिएका प्ले कार्ड बोकेका थिए ।

नेपाली कांग्रेस सभापति कृष्ण केसीद्धारा हस्ताक्षरित ज्ञापनपत्र बुझाउदै बिभिन्न १४ वुदें माग ग्रहणगरी कार्यान्वयन गर्न आग्रह गरिएको छ । कास्की प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञपान पत्र पठाइएको हो ।

कारोनाका कारण सिर्जित समस्यालाई लकडाउनको झण्डैं ३ महिना वित्न लाग्दासम्म पनि आम नागरिकमा कोरोनाको सन्त्रास बढ्दै जानु, दक्ष जनशक्ति र स्वास्थ्य सामाग्रीको यथोचित प्रबन्ध मिलाउन नसक्नु र पीसीआर परीक्षणको गति अत्यन्त सुस्त हुनु दुखद पक्ष रहेको उल्लेख छ ।

विषम परिस्थितिमा स्वनस्थ्य सामग्री खरिदमा देखिएको भ्रष्टचार निर्लज्जताको पराकाष्ठा भएकाले तत्काल स्वास्थ्य सामग्री सहित खर्च सार्वजनिक गर्न पनि आग्रह गरिएको छ ।
क्वारेन्टाईनलाई व्यवस्थित गरी स्वदेश फर्कन चाहने नागरिकहरुलाई उचित व्यवस्थापन सहित स्वदेश फिर्ता ल्याउन उचित व्यवस्थ ागर्न आग्रह गर्दै क्वारेन्टीनमा बसेका महिलाहरु सुरक्षित गर्न सरकार गम्भिर बन्नुपर्ने कुरामा जोड दिइएको छ । सरकार नागरिक प्रति जिम्मेवार र संवेदनशील नदेखिएको जनाउदै नागरिकका सरोकार र आवश्यकताका विषयलाई संवोधन गर्न सरकारले तत्काल ठोस कदम चाल्नुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराइएको छ ।

ज्ञापनपत्र बुझद्र प्रमुख जिल्ला अधिकारीले तत्काल प्रधानमन्त्री कार्यालयमा प्रेषित गर्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्