पाल्पामा पहिरोले दुई वटा गाडी बगायो, दुई जनाको शव फेला

  • ख-
  • ख+

८ असार, काठमाडौं । पाल्पाको तानसेन रिडी सडक खण्ड अन्तर्गत तानसेन नगरपालिका-११ स्थित सम्मोबारी भन्ने ठाउँमा पहिरोले दुई वटा गाडी बगाएकाे छ ।

पहिरोले एउटा ट्याङ्कर र एउटा मिनीट्रक बगाउँदा दुई जनाको शव भेटिएको पाल्पाका डीएसपी मदन गिरीले बताए । गिरीका अनुसार एक जनाको उद्धार गरिएको छ ।

डीएसपी गिरीले भने, ‘पहिरोले दुई वटा गाडीलाई सडकबाट तल झारेको छ । तर पुरिसकेको अवस्था भने छैन । पहिरोले बगाएको सवारी साधनमा कति जना मानिस सवार थिए भन्ने यकिन हुन सकेको छैन । हामी उद्धारमा रहेकाले यो भन्दा बढी भन्न सक्ने अवस्था छैन ।’

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्