बक्तृत्वकला प्रतियोगितामा ढुंगाना प्रथम (फोटो सहित)

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ, १५ चैत्र । पोखरा महानगरपालिका वडा नं.२८ माझठाना सौर्यमा बिहिबार बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
“स्थानीय विकासमा महिलाको भूमिका” विषयमा सम्पन्न भएको बक्तृत्वकला प्रतियोगितामा देउराली महिला कृषक समूह पोखरा २८ का प्रतिनिधि शान्ति ढुंगाना प्रथम भएकी छिन् ।

यसै गरी श्याङ्खुदी सिर्जनसिल आमा समूहका प्रतिनिध कलावती भुर्तेल द्धितिय , मिलनसिल आमा समूहकी प्रतिनिधि पुजा सुनार तृतिय र नवबिकास आमा समूहका प्रतिनिध सावित्री ओझा सान्त्वना भएकी छन् ।

प्रतियोगितामा प्रथम , द्धितिय , तृतिय र सान्त्वना हुनेलाई क्रमश ः ३ हजार, २ हजार ५ सय , २ हजार र १ हजार ५ सय नगद पुरस्कार गरिएको वडा सदस्य एवम् कार्यक्रम संयोजक डाल्डा देवी भुजलले जानकारी दिइन् ।

पोखरा महानगरपालिका वडा नं.२८ वडा कार्यालयको आायोजना र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको समन्वयमा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले जनजिविकाको सम्भावना हुँदाहुँदै पनि हामी पछाडि परेको बताए । महिलाले घरमा मात्र सिमित नभइ समाजको नेतृत्व गर्दै समाजमा भएका समस्याहरु पहिचान गरी सम्बन्धित स्थानीय सरकासम्म पु¥याउन सक्ने क्षमताको विकास गर्ने उद्धेश्यले महिला प्रतिस्पर्धा कार्यक्रम अन्तरगत बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको बताए । वडा कार्यालयबाट गत वर्ष देखि नै क्षमता अभिबृद्धि जस्ता कार्यक्रमहरु गर्दै आइरहेको जानकारी दिंदै वडा अध्यक्ष लामिछानेले समाजका हरेक क्रियाकलापमा महिलाहरुलाई सहभागीता गराउने उद्धेश्य अनुसार यस बक्तृत्वकला प्रतियोगिताले महिलालाई समाजमा स्थापित गराउन प्रेरणा दिने विश्वास व्यक्त गरे ।

यसै गरी वडा सदस्य एवम् कार्यक्रम संयोजक डाल्डा देवी भुजेलले कार्यक्रममाथि प्रकाश पार्दै महिलाहरुलाइृ औपचारिक कार्यक्रममा बोल्ने बानीको बिकास गराउने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताइन् । महिलाको क्षमता अभिबृद्धि गर्न वडा कार्यालय सदैव सकारात्मक रहेको बताउँदै मासमा महिलाहरु निर्धक्क भएर बोल्न सक्ने क्षमताको विकास गराउन यस कार्यक्रमले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।
यसै गरी रत्न शेभा माध्यमिक विद्यालयका शिक्षक ऋषिराम रानाभाट, वडा कार्यालयका कर्मचारी राजेन्द्र बजगाई र सबिन भुजल निर्णाय मण्डलमा रहेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्