लेखनाथको अर्चलेमा बस दुर्घटना

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ , चैत १७ । पोखरा महानगरपालिका वडा नं.२७ र २८ को सिमाना अर्चलेमा पोखरा बेगनासताल यातायात प्रा.लि.द्धारा सन्चालिम बस दुर्र्धटना भएको छ । लेखनाथको अर्चलेमा ग१ख ८६८० नम्बरको बस  दुर्घटना हुँदा ठाडो भएर ठडिएको हो । दुर्घटना हुँदा बसको अगाडिको भाग सडकमा अडिएर माथि सिधै ठाडो भएर अडिएको छ । अर्चलेबाट पोखरा जाँदै गर्दा दुर्घटना  भएको र बसमा चालक र सह चालक मात्रै भएकाले कुनै मानविय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइते चालक टीका राम बिक र शालिक राम सुबेदीको  अस्पतालमा उपचार भइरहेको छ भने दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्