लेखनाथ सामुदायीक सेवा केन्द्रको सचेतना ¥याली

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट

लेखनाथ , ७ माघ । लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रले शनिवार धुम्रपान तथा सुर्तीजन्य पदार्य विरुद्धको प्रभातफेरी सचेतना मुलक ¥याली सम्पन्न गरेको छ ।

सेवा केन्द्रको आयोजनामा लेखनाथमा क्रियासिल रहेका विभिन्न सामाजिक संघ सस्थाहरुको सहभागीतामा सम्पन्न उक्त सचेतना मुलक ¥यालीलाई गण्डकी प्रदेश प्रहरी प्रमुख बुद्धि बहादुर गुरुङले उद्घाटन गरेको उक्त सन्देस मुलक प्ले कार्ड सहित भजन कृतन सहित तालचोकवाट बेगनासताल सम्म ¥याली निकालिएको थियो ।

¥यालीको सभालाई सम्बोधन गर्दै गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक बुद्धि बहादुर गुरुङले सार्वजनिक स्थलमा मदिरा तथा सूर्तीजन्य पदार्थ सेवनलाई न्यूनिकरण गर्न सबैको साथ रहनुपर्नेमा जोड दिए । सभ्य समाज निर्माणमा आफू र आफनो परिवारबाट सुरु गर्नु पर्ने बताए । विभिन्न सामाजिक संघ संस्थाहरुले समाज सुधारका लागि गर्ने सामाजिक कार्यमा प्रहरीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश प्रमुख गुरुङले निश्वार्थ सेवाको भावनाले सामुदायिक सेवा केन्द्रले समाजमा सकरात्मक शन्देस दिने खालको लागु औषध र दुव्र्यसन नियन्त्रणका लागि गरेको अभियानमा सवैले साथ दिनु पर्ने धारणा राखेका थिए ।

सोही अवसरमा कास्कीका साहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार साहीले धेरै युवा समुह कुलतमा फँसेको देखिएको बताउँदै युवा वर्गलाई सही बाटोमा हिँडाउन सचेतानाकुलक कार्यक्रम भएको बताए । आफू र आफ्नो परिवारबाट सूर्ती जन्य पदार्थको सेवन रोक्ने सके समाजका विकृति विसंगतीलाई हटाउन सकिने बताए ।
यसै गरी पोखा महानगरपालिका वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङले यस्ता सचेतनामुलक सन्देश टोल टोल , गाउँ गाउँमा प्रवाह गर्नुपर्नेमा जोड दिंदै यस्ता खालका सचेतनामुलक कार्यक्रममा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सोही कर्याक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका निमत्त पं्रमुख सम्झना ढुंगानाले ३१ प्रतिशत जनसमुदाय सूर्तीजन्य पदार्थमा फसेको तथ्यांक प्रस्तुत गर्दै यसको असरबाट २६ प्रतिशत जनसमुदायलाई पर्ने बताइन् । सुर्तीजन्य पदार्थको सेवनबाट रक्तसञ्चार ताथ मुटु रोग जस्ता रोग लाग्ने बताउँदै सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्ती जन्य पदार्थको सेवन रोक्न सबैले पहल गर्नुपर्नेमा जोड दिइन् ।


लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष कृष्णप्रसाद अधिकरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समोन्वय समिति कास्कीका कार्यवाहकक अध्यक्ष भीम पराजुली लगाएतले अभियाने समाज रुपान्त्ररणमा सहयोगीको भुमिका निभाएको बिचार राखेका थिए । सेवा केन्द्रका उपाध्यक्ष एवं कार्यक्रम संयोजक गंगा खनालले स्वागत गरेकी थिइन भने कार्यक्रमको सञ्चालन सेवा केन्द्रका सह सचिव दिपक नथा भण्ढारीले गरेका थिए । त्यस्तै गरी बेगनासताल मिलनसार तमु समाजले कार्यक्रम मञ्च तथा चियापानको व्यवस्थापन गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्