महिलाको क्षमता विकास हुनु नै वडाको सफलता ः वडा अध्यक्ष लामिछाने

गाउँले मिडिया
  • ख-
  • ख+

महिलाको क्षमता विकास हुनु नै वडाको सफलता ः वडा अध्यक्ष लामिछाने
ऋषिराम रानाभाट
पोखरा महानगरपालिका वडा नं.२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले महिलाको क्षमता विकास हुनु भनेकै वडाकाको सफलता हुने बताए ।
वडा कार्यालयको आयोजना र पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आर्थिक सहयोगमा महिला प्रतिभा प्रतिस्पर्धा कार्यक्रम अन्तरगत बक्तृत्वकला प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । महिलाको नेतृत्व विकासले समाजमा हुने विभिन्न किसिमका समस्याहरुको बारेमा वडालाई पहिचान हुने र उक्त समस्याहरु समाधान गर्न सहज हुने बताए । वडा कार्यालय महिलाको क्षमता अभिबृद्धि गर्न सकारात्मक रहेको बताउँदै आगामी दिनमा महिला लक्षित सिप बिकास तथा क्षमता अभिबृद्धि गर्ने जस्ता कार्यक्रमलाई प्राथमिकता दिने वडा अध्यक्ष लामिछानेले बताए ।
यसै गरी वडा सदस्य एवम् कार्यक्रम संयोजक डाल्डा देवी भुजलले महिलाहरुमा धेरै क्षमता अभिवृद्धि हुँदै गएको बताउँदे महिलाहरुमा सदैव केही न केही सिक्न र जान्न उत्साह भएको आफूले पाएको बताइन् । महिलाहरुमा अरु कसैले मारेको माछा खान भन्दा आफैले माछा मार्न तरिका सिक्न चाहने बताउँदै हरेक क्षेत्रमा महिलाको सहभागिता हुने भएकाले महिलाहरुमा निर्धक्क साथ बोल्न सक्ने क्षमताको बिकास हुनुपर्नेमा जोड दिइन् ।
यसै गरी वडा सदस्य इन्द्रकला विश्वकर्मा, वडा सचिव विष्णु प्रसाद लामिछाने, महिला सन्जालका उपसंयोजक विष्णु माया सुवेदी, राधिका पौडेल लगायतले महिलाहरुलाई विकास निर्माण कार्यमा सहभागी गराई सक्षम नेतृत्व विकास गर्न यस कार्यक्रम महत्वपूर्ण भएको धारणा राखेका थिए ।
स्थानिय विकासमा महिलाको भूमिका विषयमा भएको बक्तृत्वकला प्रतियोगितामा आसा भण्ढारी प्रथम, देवका भुजेल द्धितिय , सावित्री क्षेत्री तृतिय र गंगा देवी सापकोटा सान्त्वना भएका थिए । प्रथम , द्धितिय , तृतिय र सान्त्वनालाई क्रमश ः ३ हजार, २ हजार ५ सय , २ हजार र १ हजार ५ सय नगद पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक डाल्डा देवी भुजेलले जानकारी दिइन् ।
स्थानिय विकासमा महिलाको भूमिका विषयमा सम्पन्न भएको बक्तृत्वकला प्रतियोगिताको निर्णायकमा रत्न शोभा मा.वि.का शिक्षक ऋषिुराम रानाभाट, वडा कार्यालयका सचिव विष्णु प्रसाद लामिछाने र वडाका लेखा अधिकृत रबिन्द्र कपाडीले प्रतियोगिताको निर्णायक मण्डलको भूमिका निर्वाह गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्