शनिबार ७० जनामा कोरोना संक्रमणको पुष्टि, तीन जनाकाे निधन

  • ख-
  • ख+

२७ असार, काठमाडौं । शनिबार ७० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १६ हजार ७१९ पुगेको छ । सक्रिय संक्रमित भने ८ हजार २३९ जना रहेका छन् ।

संक्रमितमध्ये काठमाडौंका तीन जना रहेका छन् । यसरी पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना निको भई डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार हालसम्म कारोना मुक्त हुनेको संख्या ८४४२ पुगेको छ ।

यसैगरी नेपालमा थप तीन जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । निधन हुने काठमाडौंका दुई पुरुष  र सिन्धुपाल्चोकका एक जना पुरुष रहेका छन् । योसँगै नेपालमा हालसम्म ३८ जना कोरोना संक्रमितको निधन भएको छ ।

नेपालका धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला कोरोना संक्रमण मुक्त जिल्ला रहेका छन् । त्यसैगरी पाँच सय भन्दा बढि संक्रमित हुने जिल्ला महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा हुन् ।

संक्रमितको विवरण 
झापा  २
सिराहा  १
सुनसरी  ४

धादिङ  ३
काठमाडौं  ३
उदयपुर  ४
मोरङ  ३
नुवाकोट १
सर्लाही  ३
सिन्धुपाल्चोक  ५
सिन्धुली  १
चितवन  १
रौतहट  १
पर्वत  १
कास्की २
बाग्लुङ  ३
तनहुँ ४
पाल्पा  १

बाँके २

बर्दिया २

गोरखा  १
स्याङजा  ४
दाङ ५
रुकुम  १
सुर्खेत  ३
जुम्ला  २
अछाम १
कन्चनपुर  ४
सल्यान  १

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्