नेपालका लायन्स क्लबद्धारा सरकारलाई कोरोना परीक्षण कीट (भिटिएम) सहयोग

  • ख-
  • ख+

काठमाडौं, २९ असार। नेपालका ४ वटा लायन्स क्लब डिष्ट्रिक्टद्वारा नेपाल सरकारलाई रु.४८ लाख ६० हजार बराबरको २९,६०० थान कोरोना परिक्षणको लागि थ्रोट स्वाव संकलन गर्न आवश्यक भिटिएम (भाइरस ट्रान्स्पोर्ट मेडियम) सहयोग प्रदान गरिएको छ ।
हाल देशभरका आरटी पिसिआर विधिद्वारा कोरोना भाइरसको परिक्षण गरिरहेका २६ वटा अस्पतालले प्राप्त गर्ने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सोमबार चारवटै डिष्ट्रिक्टका गभर्नरहरुको उपस्थितिमा लिस्ट हस्तान्तरण गरिएको लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि१ को निवर्तमान गभर्नर ईन्दु लम्सालले बताउनु भयो ।
केहि समय अगाडी चारवटै डिष्ट्रिक्टद्वारा ५७ लाख ६० हजार बराबरको पिपिइ, एन ९५ मास्क र पन्जा सहयोग गरिएको थियो ।
नेपालको विभिन्न समयमा विभिन्न स्थानमा भैपरी आउने जस्तोसुकै विपतमा लायन्स क्लबहरुले नेपाल सरकारको समन्वयमा सहयोग गर्दै आएका छन् । अहिले देशका विभिन्न स्थानमा परेको लगातारको बर्षाले पु¥याएको धनजन तथा मानविय क्षेती भएका स्थानमा लायन्स क्लबहरुले पीडितहरुलाई राहत वितरण गर्दै सक्दो सहयोग गर्दै आएको लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि१ का बर्तमान गभर्नर मन बहादुर रोकाले बतानु भयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्