सरकारले थप ६ ठाउँमा कोरोना परीक्षणको अनुमति दियो

  • ख-
  • ख+

असार ३१,  काठमाडौं : सरकारले मुलुकभरका विभिन्‍न ६ ठाउँमा कोरोना परीक्षणको अनुमति दिएको छ। ललितपुरको सानेपास्थित स्टार अस्पताल, काठमाडौं मेडिकल कलेज दुवाकोट, सेन्ट्रल डायिगोनोसिस ल्याब्रोटरी कमल पोखरी, सुरिया हेल्थ केयर लाजिम्पाट, नेशनल प्याथ्ल्याब बुटवल र बागेश्वरी डायिगोनोसिस कोहलपुरले परीक्षणको अनुमति पाएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार ती संस्थाले कोरोना परीक्षण गर्न पाउने स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बताए। उनले भने,’कोरोना उपचार गर्नको लागि हालसम्म नेपालमा ३३ वटा आइसोलेसन केन्द्र बनेका छन्।’

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार १ सय ७७ पुगेको छ।  बुधबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ६ सय ९७  छ। हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या ११ हजार  २५ जना छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्