नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, संक्रमणबाट मृत्यु हुनेको संख्या ३९ पुग्यो

  • ख-
  • ख+

काठमाडौं, असार ३१ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११६ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार १ सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

पछिल्लो २४ घण्टामा एक जना मृतक थपिएका छन् । रौतहटका ३६ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार दिउँसो उपचारका क्रममा निधन भएको हो ।  योसंगै मृतकको संख्या ३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय ९७ जना कोरोना जितेर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताउनुभयो । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ११ हजार २५ पुगेको मन्त्रालयले जनाएको छ । निको हुनेहरु ६४ दशमलव दुई प्रतिशत हुन् । पछिल्लो २४ घण्टामा ५ हजार ९० जनाको मात्र पीसीआर परीक्षण भएको छ ।

हाल २४ हजार ५ सय २७ जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ६ हजार १ सय १३ जना आइसोलेसनमा रहेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्