असोज ८ गते लेखनाथ स्वास्थ्य चौकी डाँडानाकमा कोरोना विरुद्धको खोप लगाइने

  • ख-
  • ख+

पोखरा, ७ असोज ।
पोखरा महानगरपालिका वडा नं. २७ को लेखनाथ स्वास्थ्य चौकी डाँडाको नाकमा ४५ वर्ष भन्दा माथिका उमेर समुहकालाई खोप लगाइने भएको हो । भोली असोज ८ गते बिहान १० बजे देखि बेलुका ४ बजे सम्म कुनै पनि खोप नलगाएका नागरिकलाई पहिलो मात्राको भेरोसेल खोप लगाइने भएको हो ।
सबै वडाहरुमा खोप कार्यक्रम सञ्चालन भइरहेकाले अनावश्यक भिडभाड नगरी लक्षित उमेुर समूहका नगरिक मात्रै खोप केन्द्रमा उपस्थित भइ खोप सेवा लिनको लागि वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङले आग्रह गर्नु भएको छ । खोप लगाउन जाँदा स्वास्थ्य मापदण्ड अपनाई आफ्नो उमेर खुल्ने प्रमाणित कागजातका साथ उपस्थित हुन वडा अध्यक्ष गुरुङले जानकारी दिंदै नेपाल सरकारको खोप कार्यक्रम निरन्तर रुपमा सञ्चालन हुने भएकाले बाँकी अन्य उमेर समूहका नागरीकलाई पनि क्रमस खोप लगाइने भएको हुँदा सोही अनुसार खोप कार्यक्रमलाई सहयोग गरिदिनुहुन पनि वडा अध्यक्ष गुरुङले आग्रह गर्नु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्