मृगौला रोगीलाई आर्थिक सहयोग

  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, असोज १२ । लायन्स क्लब अफ वेगनास तालगरीका पूर्व अध्यक्ष एवम् लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ वि १ नेपालका कमिटि चियर पर्सन केशव राज तिवारीले मृगौला रोगीलाई आर्थिक सहोग गर्नु भयो । पोखरा महानगरपालिका वडा नं.३१ पचभैया निवासी निल बहादुर गुरु«लाईअ आफ्नो जन्म दिनको अवसरमा आर्थिक सहयोग गर्नु भएको हो ।
आफ्नी पत्नी सपना सुवेदी र क्लबका लायनहरुका साथमा पचभैया देउरालीमा उपस्थित भएका तिवारीले दुवै मृगौला रोगी भएका ३७ वर्षका गुरुङलाई नगद पाँच हजार पाँच सय पचपन्न हस्तान्तरण गर्नु भयो ।
प्रत्येक वर्ष आफ्नो जन्म दिनको अवसरमा सामाजिक तथा मानविय सेवाका कार्यमा आफ्नो जन्म दिन मनाउँदै आउनु भएका तिवारीले दुवै मृगोला फेल भएका विरामी गुरुङलाई सानो सहयोगले विरामीलाई थप होसला पुगोस भन्ने उद्धेशयले फजुल खर्च गरेर भन्दा मानविय सेवामा सहयोग गर्दा आफूलाई सन्तुष्टि मिलेको बताउँदै विरामी गुरुङको स्वास्थ्य लाभको कामना पनि गर्नु भयो ।
क्लबका अध्यक्ष प्रभा भुजेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष् ऋषिराम रानाभाटले जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने अन्तराष्ट्रिय लायन्स क्लबको मूख्य उद्धेश्यलाई साकार पारेको भन्दै क्लबले विभिन्न सामाजिक तथा मानविय सेवाका कार्यहरु गर्दै आएको बताउँदै बर्थ डे बोई तिवारीलाई शुभकामना दिंदै मृगौला पिडित गुरुङको स्वास्थ्य लाभको कामना गर्नु भयो ।
यस गरी क्लबका तर्फबाट क्बलका अध्यक्ष प्रभा भुजेलले गुरुङलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै क्लबका पुर्व पदाधिकारीहरुको साथ र सहयोगले नै क्लबका कार्यक्रमहरुलाई अगाढि बढाउन सम्भव भएको बतानु भयो थियो भने क्लबका सचिव विनोद त्रिपाठीले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्