पोखरा ३१ मा राष्ट्रिय परिचयपत्र दर्ता अभियान जारी

  • ख-
  • ख+

लेखनाथ, १२ असोज ।
राष्ट्रिय परिचय पत्र दर्ता अभियान अन्तगरत पोखरा महानगरपालिका वडा नं.३१ मा जारी रहेको छ । कोभिड १९ लाई मध्येनजर गर्दै टोल छेत्र बर्गिकरण गरी राष्ट्रिय परिचय पत्र दर्ता कार्य भइरहेको बताइएको छ ।
पोखरा महानगरपालिका वडा नं ३१ , बेगनास युवा क्लवको भवन मा भईरहेको राष्ट्रिय परिचयपत्र दर्ता अभियानका लागि टोल बर्गिकरण अनुसार असोज १२ गते मगंलबार बाँधबाट उत्तर पिप्ले (जलारी बस्ती) छेत्र , असोज १४, बिहिबार नहरदेखि पश्चिम मोहरिया छेत्र, बेगनास, तालचोक सडकको उत्तर छेत्र, असोज १५, शुक्रबार बेगनास(तालचोक सडकको दछिण , नहर देखि पश्चिम देउराली खोलासम्मको छेत्र, असोज १७, आईतबार नहरदेखि पूर्व खुदिखोला देखि पश्चिम त्रिकाङ सम्मको छेत्र, असोज १८, सोमबार एकान्तकुना, लामागाउँ छेत्र, असोज १९, मगंलबार बसपार्क, काउराको बोट , भुतभुते , लाकुँरी सम्मको छेत्र रहेका छन् । टोल, छेत्र वर्गिकरण गरि तोकिएको मितिमा अनिवार्य रुपमा मास्क लगाइ नागरिकता साथमा लिएर उपस्थित हुन आग्रह गरिप्एको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्