नपाइने रैछ आमाको काख आँशुले रोएर

  • ख-
  • ख+

बल्ल थाह भयो कस्तो रैछ संसारको रित
सुन्नुस सबले गाउँछु म आमाको गित ।
नौ महिना गर्भमा राखिन्, दुःख कष्ट सहेर
नपाइने रैछ आमाको काख आँशुले रोएर ।
आज ूकू भनि भोलि ूखू भनि पढ्नलाई सिकाइन्
सिकेका कुरा कापीका पाना पाना मै लेखाईन् ।
काम गर्नलाई जान्छिन् आमा खेत र बारीमा
हरमा बस्त्र लगाईदिन्छिन् समाई नारीमा ।

रेवती तिमिल्सिना , श्री रत्नशोभा मा.वि., कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन् ।

यि पाउले हिंड्न नसक्दा बेकेर डुलाईन्
म रुँदा खेरी मिठा मिठा गीतले भुलाईन् ।
लेख्न नजान्दा यी हातले आफूले समाई लेखाइन्
आमाले नै गर्भमा राखी सन्सार देखाइन् ।
खाना नजान्दा दिएको खाना खुवाएर चुठाइन्
आमा मेरो भविष्य सम्झी बोझ पनि उठाइन् ।
गीत र कथा सुनाउँथिन राखेर काखमा
बुझिहाल्थिन एक थोपा आँसु देखेनी आँखामा ।
ती हात दिइन् प्रगतिको शिखरमा टेक्नलाई
आमासँगको गहिरो नाता सकिन्न छेक्नलाई ।
लडेर कहिँ चोट लाग्दा लगाई दिन्थिन् मलम
सबैकी प्यारी असल आमालाई गर्नेछु सलाम …. ।

लेखक – श्री रत्नशोभा माध्यमिक विद्यालय ,
कक्षा ११ मा पढ्ने विद्यार्थी हुन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्