आम सञ्चार कानून सञ्चार क्षेत्रमैत्री हुने ः मन्त्री थापा

  • ख-
  • ख+


Notice: Undefined variable: adsCode in /home/gaulemedia/public_html/wp-content/themes/gaulemedia/functions.php on line 407

२० फागुन , पोखरा– गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले आम सञ्चार कानून सञ्चार क्षेत्रमैत्री हुने बताए ।
नेपाल प्रेस युनियन कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको उत्कृष्ट अवार्ड एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सम्बद्ध पक्षसँग छलफल गरेर आम सञ्चार विधेयकलाई अन्तिमरुप दिने बताए ।
सत्य तथ्य समाचार सम्प्रेषण गरी समाजमा भएका राम्रा कुरालाई अगाडी बडाउन मन्त्री थापाले पत्रकालाई आग्रह गर्दै प्रेश युनियनले सञ्चालन गरिरहेको पत्रकारिता तालिमले सञ्चार क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे ।
नेपाली काङ्ग्रेस कास्कीका कोषाध्यक्ष माइकल कर्माचार्यले कोभिड १९ ले नेपाली समाजमा ल्याएको समस्या लगाएत समाजका विविध पक्षका बारेमा छिटो भन्दा छिटो मिडियाले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले पत्रकारिता पेशालाई जिम्मेवार र व्यावसायिक बनाउन सकेमा मात्र सञ्चार क्षेत्रले आम सर्वसाधारणको विश्वास जित्नसक्ने बताए ।
पर्यटन ब्याबसायी पुर्ब उप प्रमुख गणेश बहादुर भट्टराईले समाजमा भएका राम्रा र नराम्रा पक्षहरुलाई सत्य तथ्य रुपमा बाहिर ल्याउन पत्रकारलाई आग्रह गरे ।
सम्मानित व्यक्तित्व बिजय नेपालीले भावुक हुँदै भने , ूमैले सञ्चार क्षेत्रमा लाग्दा समाज तथा अन्य व्यक्तिबाट केही सहयोग पाइन।ू सञ्चार क्षेत्रमा भबिष्य नभएको अरु क्षेत्रमा जान भनेको सो अवसरमा स्मरण गरेका थिए ।
यस्तै अर्का सम्मानित व्यक्तित्व गण्डकि प्रदेश प्रमुख प्रेस संयोजक माधब रेग्मिले आफु सबैको साथ र सहायोगले यहाँ सम्म आउन सफल भएको बताउँदै आगामी दिनमा सञ्चार क्षेत्रमा सक्दो सहयोग गर्ने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्