गण्डकी जुडो संघको अध्यक्षमा मल्ल

  • ख-
  • ख+

पोखरा, २९ फागुन । पोखरामा रुद्र मल्लको अध्यक्षमा गण्डकी जुडो संघको गठन गरिएको छ । शनिबार एक भेला कास्की जुडो संघको नाम परिवर्तन गरि गण्डकी जुडो संघ राखि मल्लको अध्यक्षतमा गण्डकी जुडो संघ तदर्थ समिति गठन गरेको हो ।

त्यस्तै नयाँ तदर्थ समितीको उपाध्यक्षमा दिल जैशी ,उपाध्यक्ष पद्मा छन्त्याल , सचिव निरज पन्त , सह सचिब सरिता गुरुङ , सदस्यहरु यादब गौतम , सुजन श्रेष्ठ , बिक्रम पुन , किसल्या शाह , प्रनिशा सिल्वाल, साहिद अलि मिया , चदनी रन्जित र सुमन्त क्षेत्री रहेका छन ।
यस अघि गण्डकी प्रदेश खेलकुद संघका सदस्य तेज बहादुर गुरुङले जुडो खेल नेपालीको बनावट संग मिल्ने भएकोले जुडो खेल लाई प्रमुख स्थानमा राख्न जरुरी रहेको बताए । खेलकुद क्षेत्रलाई विकास गर्न राज्यले बजेट पर्याप्त मात्रमा छुट्टाउन नसकेकोमा दुःख व्यक्त गर्दै गण्डकी जुडो संघ लाई मिलेर अगाडि बद्न सुझाब दिए ।

त्यस्तै गण्डकी जुडो संघका सदस्य यादब पोख्रेलले आफुले जुडो खेल सुरु गर्दा कुनै पनि कार्य व्यवस्था नभएको स्मरण गर्दै जुडो खेल खेल्नको लागि धेरै गाह्रो रहेको पनि बताए । उनले जुडो समस्यामा रहे पनि खेलाडी शारीरिक रुपमा र मानसिक रुपमा स्वास्थ रहि कुनै तनाब नलिई खेल खेल्नु पर्ने सुझाव दिंदै निरन्तर रुपमा खेलेमा सफल हुन सकिने बताए ।

कार्यक्रममा नेपाल जुडो एसोसिएसनका बिरेन्द्र रन्जित, होम थापा, गण्डकी जुडो संघ का उपाध्यक्ष पद्मा छयान्तल, कास्की जुडो संघ का उपाध्यक्ष दिल जैशि लगाएतले राम्रो खेलाडी हुनको लागि आफैले मिहिनेत गर्नुपर्नेमा जोड दिउका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्