खेलकुद क्षेत्रमा प्रशिक्षण र प्रतियोगिता अनिवार्य ः वडा अध्यक्ष गुरुङ

  • ख-
  • ख+

लेखनाथ, १ चैत्र । पोखरा महानगरपालिका वडा नं २९ का वडाअध्यक्ष चेत बहादुर गुरुङले खेलकुदको क्षेत्रमा प्रशिक्षण र प्रतियोगिता अनिवार्य हुनु पर्नेमा जोड दिएका छन् । लेखनाथ कराते डोजोको १३ औं स्थापना दिवसमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले खलकुद क्षेत्रलाई बलियो र प्रभावकारी बनाउन स्थानिय निकायको साथ र सहयोग रहिरहने धारणा राखेका थिए ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ स्थापना भएको लेखनाथ क्योकुशिन –कान कराते डोजोले स्थापना काल देखि खेलकुदका क्षेत्रमा काम गर्दै लेखनाथको भण्डारढीक खेल मैदानमा आफनो स्थापना दिवस मनाउदै टोल टोलमा खेलकुदका संरचना बनाउन सवैमा आग्रह गरेको छ ।

लेखनाथ क्योकुशिन –कान कराते डोजोका अध्यक्ष रमेशकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार, क्योकुशिन –कान कराते डोजो कास्कीका अध्यक्ष लक्ष्मण कुवँर,कास्की जिल्ला टेकन्दो संघका अध्यक्ष कुमार गुरुङ,लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा,आदर्श युवा क्लवका सचिव पदम गुरुङ, छत्र शक्ति बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष प्रेम बहादुर थापा र खेलप्रेमी सुदिप आचार्य लगाएतले खेलकुदाको महत्वको र मानव जीवनका खेलकुदको आवश्यकताको विषयमा बोलेका बोलेका थिए।

साहायक प्रशिक्षक विनोद नेगीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रशिक्षक सुभाव खड्काले गरेका थिए भने उक्त अवसरमा गत फागुन ७ गते भएको विभिन्न चरणका परिक्षामा उत्रिण सफल खेलाडीलाई तह अनुसारको बेल्ट बितरण गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्