गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

  • ख-
  • ख+

४ साउन, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ। मंगलबार पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टी भएको हो। उनलाई आइतबारदेखि सामान्य रुघा लागेको थियो भने सोमबार बिहानबाट हल्का ज्वरो आएको थियो।
सोमबारदेखि नै चिकित्सकको निगरानीमा रहेका पोखरेलले मंगलबार पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए। उनलाई कोरोना संक्रमण भएको रिपोर्ट मंगलबार साँझ आएको हो।
चिकित्सकका अनुसार उनलाई हल्का ज्वरो आए पनि अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ। बुधबार बिहान उनको थप स्वास्थ्य परीक्षण गरिने भएको छ। हाल उनी पोखरास्थित सरकारी निवासमै आराम गरिरहेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्