अर्घौ पौवा नेवाःखलले तायाःमचा नृत्य प्रतियोगिता गर्ने

  • ख-
  • ख+

लेखानाथ,५ भदौ । पोखरा २६ र २७ को अर्घौ पौवा नेवाःखलले पाचौं सस्करणको तायाः मचा नृत्य प्रतियोगिता गर्ने भएको छ ।
लेखनाथमा रहेका आठ वटा नेवारी इकाई समुदायहरुले पालै पालो तायाःमचा नृत्य प्रतियोगिता गर्दै आएकोमा यस पटक पोखरा २६ र २७ को अर्घौ पौवा नेवाःखलले पाचौं सस्करणको प्रतियोगिता भदौं १० गते शुक्रवार गर्न लागेको आईतवार राखिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।
पोखरा २६ को अर्घौचोकमा हुने प्रतियोगितालाई ब्यवस्थीत वनाउन विभिन्न उप समिति गठन गरि तयारीलाई तिब्र पारिएको छ भने प्रतियोगितामा करिव आठ समुहको सहभागीता रहने विश्वास आयोजकले गरेको छ ।
नेवारी समुदायको भाषा र सस्कृतीको जगेर्ना गर्ने उदेश्यले आयोजना गरिने उक्त तायाः मचा नृत्यलाई प्रतियोगिताको रुपमा मनाउने भए पनि उत्त अवसरमा महिला पुरुषको लाखे नाच, कुमारी नाच, देवि नाच र साथमा रोपाई नृत्य पनि अप्रतियोगीका रुपमा समावेस गरिने अघौं नेवाःखलका अध्यक्ष प्रकाशलाल श्रेष्ठले जानकारी गराएका थिए ।
परम्परा देखि चल्दै आएकोे नेवारी भाषा,कला,संस्कृती,साहित्य र भेषभुषाको संरक्षण गर्दै युवा पुस्तालाई आफनो संस्कृतीका बारेमा जानकारी दिन सजिलो हुने गरि राखिएको प्रतियोगितमा प्रथम हुने समुहलाई तीस हजार,द्धितियलाई २५ हजार,तृतियलाई २० हजार र साथमा उत्क्ृष्ठ जोकर र परिलाई दुई ÷दुई हजार पुरस्कारको ब्यवस्था गरिएको छ ।
प्रतियोगिता संचालनका लागि करिव आठ लाख खर्च लाग्ने र यसको आर्थीक ब्यवस्थापन विभिन्न संघ सस्था र उद्योग ब्यवसायिहरुबाट सहयोगको अपेक्ष्या गरिएको समाजका सचिव बालगोलप श्रेष्ठले जानकारी गराएका थिए ।
कार्यक्रममा नेवाः खल लेखनाथका अध्यक्ष प्रेम लिगल, लेखनाथ मिसा पुचका अध्यक्ष मेनुका श्रेष्ठ लगाएतले सवैको साथ र सहयोगले विगतका प्रतियोगिता सफल भए जस्तै यस पटकको ताया मचा नृृत्य प्रतियोगिता अझ बढि परिस्कृत रुपमा थप मनोरञ्जनका साथ संचालन हुने विश्वास ब्यत्त गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्