रत्नशोभामा तीज विशेष कार्यक्रम ः महिला शिक्षकहरु नाचे छमछमी

  • ख-
  • ख+

लेखनाथ, १२ भदौ । रत्नशोभा माध्यमिक विद्यालय पोखरा २८ माझठानामा आाइतबार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

विद्यालयमा आयोजना गरिएको उक्त तिज विशेष कार्यक्रममा महिला शिक्षकहरुले तीज गीत गाउनुका साथै छमछमी नाचेका थिए ।
प्रत्येक वर्ष तीजका अवसरमा तिज विशेष कार्यक्रम गर्दै आएको विद्यालयले यस वर्ष पनि निरन्तरता दिएको हो ।

विद्यायका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक भेषराज सुवेदीले हरितालिका तीजको शुभकामना व्यक्त गर्दै परमपरा देखि चलि आएको रितीरिवाज, संस्कृति र चापर्वहरु नेपालीका पहिचान भएको बताए ।
कार्यक्रममा हरितालिका तीजको अवसरमा एक आपसमा शुभकामना आदान प्रदान समेत गरिएको शिक्षक धनु पुनले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्