पोखरा महानगरपालिका वडा नं.२९द्धारा सरसफाई अभियान सञ्चालन

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ । पोखरा महानगरपालिका वडा नं। २९ ले सोमबारदेखि वडा सरसफाई अभियान सञ्चालन गरेको छ । समृद्ध र नमूना सहितको सुखी वडा हाम्रो अभियान, स्वच्छ सफा हराभरा २९ नं। हाम्रो वडा भन्ने नाराका साथ सञ्चालन गर्ने अभियानको शुभारम्भ सोमबार बिहान ७ वजे वडा कार्यालयबाट शुरु गरिएको वडाध्यक्ष श्रीप्रसाद गुरुङ्गले जानकारी दिए ।
संविधान दिवसको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रमको पहिलो दिन सोमबार तालचोक देखि पावर हाउस क्षेत्रमा पृथ्वी राजमार्ग दायाँ बाँया सरसफाई गरिएको र त्यसपछिका सातामा साप्ताहिक रुपमा निरन्तर सञ्चालन गरिने पनि वडाध्यक्ष गुरुङले जानकारी दिए ।


चाडपर्वको समयलाई समेत मध्यनजर गर्दै आयोजना गरिएको अभियानबाट पछिल्लो क्रममा महामारीको रुपमा फैलदैं गरेको डेंगु रोगको रोकथाममा समेत सहयोग पुग्ने र पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्ने पोखरा महानगरको लक्ष्यलाई समेत टेवा पुग्ने वडाध्यक्ष गुरुङ्गले विश्वास लिएका छन् ।
स्वस्थ जीवन नै सुखी जीवन भन्ने अभिप्रायले सञ्चालित अभियानबाट विभिन्न संक्रमित रोगहरुबाट समेत नागरिकहरुलाई सुरक्षित राख्नुका साथै स्वच्छ, सफा र हराभरापुर्ण वातावरणले देशकै नमूना वडाको रुपमा पहिचान दिलाउने वडाध्यक्ष गुरुङ्गले वताए ।
वडाभित्रका सबै सार्वजनिक स्थलहरुको सरसफाई गर्ने उद्धेश्यका साथ सञ्चालन गरिने अभियानमा वडा भित्रका सम्पूर्ण टोल विकास संस्था, आमा समुह, युवा क्लवहरु, विभिन्न संघ संस्था एवं राजनितिक दलहरुलाई सक्रियताका साथ सहभागीता जनाईदिन वडा कार्यालयले अनुरोध गरे बमोजिम सकृय सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्