लेखनाथ जेसीज फुटसलको उपादी बैकर्स क्लवलाई

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ,२५ कार्तिक
विहिबार देखि सुरु भएको लेखनाथ जसीज सप्ताहन्तको दोस्रो दिन विभिन्न सस्थाहरुका बिच राखिएको मैत्रिपुर्ण फुटसलको उपादी बैकर्स क्लव अफ लेखनाथले हात पारेको छ ।
युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमतामा अभिवृद्धि गराउने उदेश्यका साथ स्थापना भएको लेखनाथ जेसीजले सस्थागत रुपमा बन्धुत्वको भावना बढाउदै जाने योजना अनुरुप राखिएको फटसल प्रतियोगितामा आयोजक लेखनाथ जेसीललाई चार ÷एकको अन्तरले विजयी भएको हो ।
यस अधि लेखनाथ उद्योग बाणिज्य संघ र बैकर्स क्लवका बिचको खेलमा बैकर्स विजयी भएको थियो भने लेखनाथ पत्रकार मञ्च र आयोजक लेखनाथ जेसीज बिचको खेलमा जेसीज विजय भई फाईनलमा प्रबेश गरेका थिए ।
लेखनाथ जेसीजका अध्यक्ष सुजन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले युवाहरुले आफनो क्षमता अभिबृद्धि गर्दै देश र समाज रुपान्त्रणका लागि नेतृत्व लिन सक्नु पर्ने सुझाव राखेका थिए ।
यसैबिच जेसीज सप्ताहन्तकोे मुख्य कार्यक्रम अन्तरगत कार्तिक २६ गते शनिवार आसन्न मंसिर ४ गते हुने निर्वाचनमा केन्द्रित हुदै कास्की निर्वाचन क्षेत्र नं.१ र प्रदेश सभा क्षेत्र नं.१ (१) का उम्मेदवारहरुसँग एउटै मञ्चमा प्रत्यक्ष सवाल जवाफको ”ककस” गर्ने राखिएको कार्यक्रम संयोजक अर्जुन ओझाले जानकारी दिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्