देशभर ६१ प्रतिशत मत खस्यो ः निर्वाचन आयोग

गाउँले मिडिया
  • ख-
  • ख+

काठमाडौं, ४ मंसिर । आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६१ प्रतिशत मत खसेको छ।

निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी यसको जानकारी दिएको हो। निर्वाचन प्रमुख आयुक्त दिनेश थपिलयाले प्रारम्भिक विवरण अनुसार ६१ प्रतिशत मतदान भएको बताए। मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट भइरहेको भन्दै उनले पूर्ण विवरण आएपछि यो संख्या बढ्ने बताए। आयोगको अपेक्षा भन्दा कमी भएको पनि उनले भने।

केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिंदै सुर्खेत, नवलपरासी , गुल्मी र बाजुराका १५ स्थानमा रोकिएका मतदान दुइ दिन भित्र मतदान गर्न निर्देशन दिइएको पनि थपलियाले बताए ।
मतपेटीका संकलन कार्य भइरहेको बताउँदै सर्वदलिय बैठक बसी काठमाण्डौ जिल्ला लगायत केही जिल्लामा आजै रातिबाट नै मतगणना सुरु गरिने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्