गुण्डा , तस्कर र भ्रष्टाचारी राज्यको छैटौं अंग : पूर्वसभामुख रानाभाटको व्यंग्य

गाउँले मिडिया
  • ख-
  • ख+

२७ मंसिर, काठमाडौं । पूर्वसभामुख तारानाथ रानाभाटले राज्यको छैटौं अंगका रुपमा गुण्डा, तस्कर र भ्रष्टाचारीहरु देखा परेको टिप्पणी गरेका छन् ।

संसद सेवा दिवसका अवसरमा बुधबार सिंहदरवारमा आयोजित ‘नेपालको संसद सेवाका दुई दशक : समीक्षा र आगामी कार्यदिशा’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनका अनुसार राज्य सञ्चालनका तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका अलावा अन्य तीन अंग देखा परेका छन् । चौथो अंग आम संचार र सूचना प्रविधि रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरुको चासो र अन्तर निर्भरतालाई पाँचौं अंगको रुपमा व्‍याख्या गरे । साथसाथै, छैटौं अंगका रुपमा गुन्डा, तस्कर र भ्रष्टाचारीहरु देखा परेको पूर्व सभामुख रानाभाटको भनाइ छ ।

पूर्वसभामुख रानाभाटले संसदले गरेका निर्णय र दिएका निर्देशनहरुको कार्यान्वयनमा भएका समस्या पहिचान गर्न सुझाव दिएका छन् ।

नेपालले प्रजातन्त्रको अभ्यास गरेको लामो समय भइसके पनि अझै प्रजातन्त्र परिपक्क हुन नसकेको उनको धारणा छ । यसका लागि विधि स्थापित गर्नुपर्ने र विधि बनाउने थलो संसद आफैँ पनि विधिमा चल्नुपर्ने पनि रानाभाटले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्