न्यू लाइटले मनायो ३० औं वार्षिकोत्सव

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
लेखनाथ, १० पुष । पोखरा महानगरपालिका वडा नं.३० शिशुवामा रहेको न्यू लाईट माध्यमिक विद्यालयले विविध कार्यक्रम गरी ३० औं वार्षिकोत्सव मनाएको छ ।
वार्षिकोत्सव समारोह, पुरस्कार वितरण एवम् विविध सांसकृतिक कार्यक्रममा विद्यालयका प्रिन्सिपल बुद्धि प्रसाद बास्तोलाले भावी कार्यक्रमका वारेमा जानकारी गराउँदै विद्यालयले अघि सारेको नारा तपाई हामीलाई अबोध शिशु दिनुहोस हामी तपाईलाई सुयोग्य नागरी दिने छौं भन्ने नारा अनुसार स्वदेश तथा विदेशमा प्रतिस्पर्धा गर्न सक्ने नागरीक तयार गर्न सफल भएको दाबी गरे ।


बास्तोलाले २०४८ सालमा स्थापना गरी हाल कक्षा नर्सरी देखि कक्षा १२ सम्म शिक्षण सिकार्य क्रियाकलाप हुदै आइरहेको बताउँदै पठनपाठनका अलवा विद्यार्थीको चौतर्फी सर्वाङ्गिणी विकासका लागि निकट भविष्यमा जग्गा भाडामा लिएर भए पनि विद्यार्थीहरुको चाहना अनुसार खेलकुद क्षेत्रमा अघि बढ्ने जानकारी गराएका दिए । अभिभावकहरुले आफ्नो बाबुनानीहरुलाई पठनपाठनका लागि घरमा पनि उत्तिकै निगरानी राखी उचित वातावरण बनाउन पनि प्रिन्सिपल बास्तोलाले आग्रह गरे । आगामी दिनमा अभिभावकहरुको सकारात्नमक सल्लाह एवम् सुझावलाई आत्मसाथ गर्ने पति उनले प्रतिबद्धता व्यक्त गरे ।


यसै गरी अभिभावक शवराज सुवेदीले समय सापेक्ष अनुसार प्राविधिक शिक्षा हुनुपर्ने बताउँदै विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप समाज रुपान्तरण र देशको उन्नती र विकासका लागि हुनुपर्नेमा जोड दिए । शिक्षकहरु, अभिभावक र विद्यार्थीहरु विचको आपसी समन्वयबाट मात्रै आसा गरे अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताए ।
यसै गरी अभिभावक बिर बहादुर लामा, पूर्व विद्यार्थी विदुर पगेनी, माध्यमिक तहका संयोजक रामकृष्ण कोइराला लगायतले विद्यालयमा भएका शैक्षिक क्रियाकलापको वारेमा चर्चा गरेका थिए ।


विद्यालयका निर्देशक नविन कुमार देवानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कक्षा १० की छात्रा युरीका सुवेदीले स्वागत गरेकी थिइन् । शैक्षिक सत्र २०७६, ०७७ र ०७८ को शैक्षिक पुरस्कार तथा विविध विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने कार्यक्रमको विच विचमा विद्यार्थीहरुले विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन शैक्षिक प्रशासन प्रमुख अरुण चन्द्र सुवेदीले गरेका थिए । २०४८ सालमा स्थापना भएको विद्यालयमा कक्षा नर्सरी देखि कक्षा १२ सम्म पठनपाठान भइरहेको

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्