कक्षा ११ र १२ का अंग्रेजी विषय शिक्षकलाई टिपिडी तालिम

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
शिक्षा तालिम केन्द्र, गण्डकी प्रदेशको आयोजनामा माध्यमिक तह कक्षा ११ र १२ मा अंग्रेजी विषय पढाउने शिक्षकहरुको टिपिडी तालिम आजदेखि सुरु भएको छ ।

प्रदेश स्तरीय तालिममा गण्डकी प्रदेशका गोरखा, नवलपरासी, लम्जुङ, तनहुँ, पर्वत, श्याङ्जा , कास्की जिल्लाका शिक्षकहरुको सहभागीता रहेको १० दिन सम्म सञ्चालन हुने उक्त तालिममा तालिम केन्द्रका प्रमुख नेपालहरि रानाभाटले टिपिडी तालिमको पृष्ठभुमिको बारेमा जानकारी दिंदै २१ औं शताब्दीमा नयाँ प्रविधिको विकास सँग सँगै शिक्षण सिकाइ कार्यलाई थप प्रभावकारी बनाउन तालिमको व्यवस्था गरिएको बताए ।
शिक्षकहरु र विद्यालय प्रशासन  विचको समन्वयप्रति संकेत गर्दै उनले शिक्षकहरु र विद्यालय प्रशासन विचको समन्वयले मात्रै शिक्षण सिकाई प्रभावकारी हुने बताए ।

उत्साहजनक रुपमा तालिममा सहभागी भइ तालिममा सिकेका कुराहरुलाई कक्षा कोठामा व्यवहारमा उतार्न पनि शिक्षकहरुलाई आग्रह गरे ।
यसै गरी तालिम केन्द्रका लेखा अधिकृत ज्ञानेन्द्रमान श्रेष्ठले तालिमको उद्धेश्य र अपेक्षा अनुसार दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरे । त्यस्तै शिक्षा अधिकृत एवम् प्रशिक्षक अनिशा यादवले उद्घाटन सत्रको कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

मंगलबार भएको पहिलो दिनको तालिममा प्रशिक्षक अनिशा यादबले टिपिडीको परिचय, कक्षा कोठामा वेभ उपकरणको प्रयोग, सिक्रोनस र असिक्रोनसको परिचय र फाइदा लगायतका विषयमा सहजीकरण गरेकी थिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्