हिस्टुन कास्कीको दोस्रो जिल्ल अधिवेशनको तयारी पुरा

गाउँले मिडिया
  • ख-
  • ख+

माध्यमिक विद्यालय शिक्षक यूनियन, नेपाल कास्की जिल्लाको दोस्रो जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।

पुष १६ गते बिहान ११ बजे पोखराको जनप्रिय मा.वि. सिमलचौरमा हुने अधिवेशनको तयारी पूरा भएको कास्की जिल्ला अध्यक्ष चक्र सुवेदीले जानकारी दिए । शैक्षिक तदर्थवादको अन्त्य, पोशागत सुनिश्चितता र गुणस्तरीय शिक्षा भन्ने मुल नाराका साथ स्थापना भएको हिस्टुनले कक्षा ११ र १२ मा अध्यापन गराउने शिक्षकहरु, विद्यालयका कर्मचारीहरु र राहत शिक्षकहरुको पेशागत हक हितका लागि चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ ।

श्रम ऐन टे«ड यूनियनमा विधिबत रुपमा दर्ता गरी शिक्षकहरुलाई पेशागत रुपमा इमान्दार भई गुणस्तरीय शिक्षामा सजग गराउँदै आएको हिस्टुनले कठिन परिस्थितिमा कास्की जिल्ला अधिवेशन हुन लागेको र कार्यक्रममा उपस्थित हुन सरोकारवाल सम्पूर्ण शिक्षकहरुलाई जिल्ला अध्यक्ष सुवेदीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्