बोलेर भन्दा पनि काम गर्ने समय आएको ः पूर्व गृहमन्त्री एवम् सांसद अधिकारी

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पुर्व गृहमन्त्री तथा गण्डकी प्रदेशका नवनिर्वाचित सभासद खगराज अधिकारीले बोलेर भन्दा पनि काम गर्नुपर्ने समय आएको बताएका छन् ।
कुर्लुङ खोला खानेपानी आयोजना पचभैया खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिको शनिवार सम्पन्न २४ औं बार्षिक साधारण सभा तथा ११ औ अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभासद अधिकारीले आफु जन्मीएको ठाउँको विकासलाई पहिलो प्रथामिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउदै खानेपानीका मुहान राज्यको सम्पती भएको र खानेपानी समस्याको समाधानका लागि सबै उपभोक्ताहरुको चित्त बुझाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसै गरी रुपा गाउपालिका अध्यक्ष नवराज ओझाले रुपा गाउँपालिकाले पानीको स्रोतमा कमि आउन नदिने गरि लिफ्टीङ्गमार्फत खानेपानीको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।

ओझाले प्रतिबद्धता व्यक्त गरेसँगै कुर्लुङ्गखोला खानेपानी योजना विना विवाद अगाडी वढ्ने भएको हो ।

कुर्लुङ खोला खानेपानी उपभोक्ता समितिका अध्यक्ष नरनारायण थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ३१ का वडा सदस्य बिनोदमणि लामिछाने, स्थानिय समाजसेवी शरदराज सुवेदी, शंकर पौडेल, धु्रवनाथ अधिकारी, पोखरा महानगरपालिकका कानुनी सल्लाहकार राममणि अधिकारी, अम्मर सिद्ध नमूना मा.वि. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुराहरी कोइराला, उपभोक्ताहरुको तर्फबाट पुरुषोत्तम अधिकारी र यमुना पौडेल लगाएतले आ आफनो धाराणा राखेका थिए ।

सस्थाका उपाध्यक्ष दयासागर अधिकारीले स्वागत गरेको कार्यक्रममा सचिव निल कुमारी थापाले सचिवको प्रतिवदेन र कोषाध्यक्ष विन्दु परियारले आर्थीक प्रतिवेदन पेश गरेकी थिईन भने कार्यक्रमको संचालन कार्यालय सचिव हरिप्रसाद घिमिरेले गरेका थिए भने हाल ४ सय ४० घरमा घारा जडान गरिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्