तटस्थ भएर संसद् चलाउँछु– सभामुख घिमिरे

गाउँले मिडिया
  • ख-
  • ख+

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले निष्पक्ष र तटस्थ भएर संसद् चलाउने बताएका छन् । बिहिबार प्रतिनिधिसभाबाट सभामुख पदमा निर्वाचित भएसँगै संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानीका क्रममा उनले निष्पक्षताका साथ संसद् चलाउने प्रतिवद्धता जाहेर गरेका हुन् ।

सत्ता गठबन्धनका दलको साझा उम्मेदवार बनेका घिमिरे एक सय ६७ मत प्राप्त गरी प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका हुन् । आफू प्रजातन्त्रको सुन्दर अभ्यासमा रहेको प्रतिकृया दिँदै उनले संसदलाई ठीक ढंगले प्रतिनिधित्व गर्ने बताए ।

घिमिरे झापा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेले एक सय मत प्राप्त गरिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्