
लेखनाथ,१५ माघ । नेपाल रेडक्रस सोसाईटी कास्की साखाका सभापति दण्डराज शर्माले रेडक्रस आपत विपतको साथी भएको बताएका छन् ।
गत पुस ३० गते सम्पन्न कास्की साखाको अधिवेशनबाट निर्वाचित टीमलाई आईतवार नेरेसो राखी उप साखा पोखरा २६ ले राखेको स्वागत तथा सन्मान कार्यक्रममा बोल्दै सभापति शर्माले कास्कीमा भएका ४८ वटा उप साखाले रेडक्रसको मुल्य र मान्यतालाई आत्मसाथ गर्दै आपत विपतमा परेका मानव समुदायका लागि काम गर्दै आएको बताएका हुन् ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले स्थानिय तहको सरकारले गर्नु पर्ने काममा रेडक्रसले सहयोगीको भुमिका निभाएकाले दुई सस्थाका विच समोन्वय हुनु पर्नेमा जोड दिएका थिए ।
नेरेसो राखी उप साखाका सभापति शैलेन्द्र मोहन भटराईको अध्यक्षतामा भएको कार्यक्रममा कास्की साखाका महिला उप सभापति उर्मीला खड्का,राखी उप साखाका पर्व सभापति मुरारी शर्मा,पुर्व सचिव एल पी ढुगाना लगाएतले रेडक्रसको अभियानलाई ग्रामीण तह सम्म पु¥याउनु पर्ने सुझाव राखेका थिए ।
सस्थाका सचिव महेन्द्र ढुगानाले संचालन गरेको कार्यक्रममा उप सभापति देवी ढुगानाले स्वागत मन्तव्य राखेकी थिईन ।