किसानलाई चैते धानको विउ वितरण

गाउँले मिडिया
  • ख-
  • ख+

पोखरा महानगरपालिकाले किसानलाई चैते धान खेती तर्फ आर्कषण गर्नका लागि चैते धानको विउ वितरण गर्ने भएको छ ।
बर्षे धान सवै किसानले लगाउने तर चैते धान तर्फ किसानको चासो कम भएको भन्दै पोखरा महानगरपालिका कृर्षि महासाखाले चैते धानको विउ र खेती गर्ने किसानलाई प्रत्साहन स्वरुप प्रति रोपनी नौ सय रुपिया दिने भएको हो ।
यसैबिच विहिवार पोखरा महानगर पालिका वडा नं २६ र २७ का किसानहरुका लागि विउ राख्ने विधी देखि रोग नियन्त्रणका उपाय एवंम लगाने विधीका बारेमा जानकारी गराउदै सहुलिएत दरमा उन्नत जातको विउ वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश मुख्य न्यायधिवक्ता श्रीकान्त वरालले कृर्षिको क्षेत्रमा देखिएको बिचौलीयाका कारण वास्तविक किसानले राज्यवाट पाउने अनुदान नपाएकाले यस तर्फ राज्यले निती नै बनाएर अगाडी वढ्नु पर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले पोखरालाई कृषि उत्पादनमा आत्मनिर्भर वनाउनका लागि कृषिमा आधुनिकिकरण र ब्यवसायिक किसानका लागि महानगरपालिकाले कृर्षि उत्पादनको न्युनतम मुल्य तोकेको जानकारी गराएका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले किसानको जिवन स्तरमा सुधार नआएसम्म देशको आर्थीक अवस्थामा परिवर्तन नहुने विश्वास ब्यक्त गरेका थिए भने वडा नं २६ का वडा अध्यक्ष नरेन्द्र थापाले किसानहरुलाई सहुलियत दरमा मल, विउ र प्राविधीक ज्ञानका बारेमा जानकारी गराउनु पर्ने सुझाव राखेका थिए ।
पोखरा महानगरपालिका कृषि सञ्जाल पोखरा २६ का अध्यक्ष केशवराज ढुगानाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव ईश्वरराज भण्डारीले गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्