मादी १२ भगवती टारमा हुने प्रथम आलु महोत्सबको तयारी पूरा

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, १२ फागुन । कास्की जिल्लाको मादी गाउँपालिका वडा नं.१२ भगवती टारमा हुने प्रथम आलु महोत्सबको तयारी पूरा भएको छ ।
फागुन १३ शनिबार गते हुन गइरहेको आलु महोत्सव सम्पन्न गर्न विभिन्न ५ वटा उपसमिति गठन गरी तयारी गरिएको मूल समारोह आयोजक समितिका संयोजक प्रकाश आचार्यले बताए ।
मादी गाउँपालिकाको पूवी भेगका क्षेत्रहरु मध्ये भगवतीटार कृषिका लागि अति उर्वराभूमि भएको जस्तो किसिमको खेती गर्दा पनि राम्रो उत्पादन हुने क्षेत्र भएको हुँदा निकट भविष्यमा यसलाई मादी गाउँपालिको कृषि पकेट क्षेत्र बनाउनु नै आलु महोत्सवको मूख्य उद्धेश्य भएको मादी गाउँपालिका वडा नं.१२ का वडा अध्यक्ष कृष्ण राज दाहालले बताए ।
यसै गरी शुक्रबार सम्म १३ वटा भजन समूहले खुल्ला भजन प्रतियोगितामा नाम दर्ता गरेको जानकारी दिंदै वडा अध्यक्ष दाहालले पोखरा महानगरपालिका , कृषि सँग सम्बन्धित कास्की नियकायहरुमा पत्रचार गरिसकिएको , स्टलहरु निर्माण भैसकेको र पूरातात्विक बस्तुहरु जम्मा गर्ने कार्य भइरहेको पनि जानकारी दिए ।
आलुबाट बनेका परिकारहरुको स्वाद लिन पाइने, आलु सँग सम्बन्धित खुल्ला भजन प्रतियोगिता, ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतिका साथै विविध सांस्कृतिक कार्यक्रमहरु महोत्सवका आकर्षणका कार्यक्रम रहेको महोत्वस संयोजक समितिका संयोजक प्रकाश आचार्यले जानकारी दिए ।
यसै गरी खूल्ला भजन प्रतियोगितामा प्रथम पुरस्कार ८ हजार, द्धितिय पुरस्कार ५ हजार, तृतिय पुरस्कार ३ हजार र सहभागी समूहरुलाई सहभागी प्रमाण पत्र दिइने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा १५ समूह भन्दा बढीको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ ।
मादी गाउँपालिका सह आयोजकको रहेको महोत्वसमा करिब २ लाख ५० हजार खर्च हुने र बाँकी बचत रकम हराभरा भगवती कृषक समूहको कोषमा जम्मा गरी कृषकको लागि कृषि कार्यमा खर्च गरिने आचार्यले बताए ।
सबै सामाजिक संघ संस्थाहरुलाई पत्रचार गरिसकिएको आचार्यले बताउँदै महोत्वसमा कम्तिमा पनि ७ सय देखि ८ सय दर्शकले महोत्वसको अवलोकन गर्ने आयोजकको दाबी रहेको छ ।
महोत्सवमा पूरातात्विकका वस्तुहरु ढिकी, जाँतो, सन्जेकी, मधुस, सिको, रोचा लगाएतका सामग्रीहरु प्रदर्शनीमा राखिने मादी गाउँपालिका वडा नं.१२ की वडा सदस्य लक्ष्मी गिरीले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्