सहकारीको दिगोपना , स्वनियमन र शुसासन

गाउँले मिडिया
  • ख-
  • ख+

दिगोपना , स्वनियमन र शुसासन भन्ने आर्दशवाट प्रेरित भै ब्यत्ती ,परिवार ,समाज र समग्र राष्टको आर्थीक विकास र सामाजीक सम्ुान्नतीका लागी गरिने प्रयास नै सहकारी हो । सहकारी पुँजीवाद र शोषणको मुक्तीका लागी आम समुदायको संयूक्क्त प्रयास हो , जुन एकका लागी नभएर सवैका लागी हुने गर्दछ ।सहकारी को सदस्यता सवैका लागी खुला हुने हुदा सहकारीको कार्य क्षेत्रका हरेक नागरीकको यसमा सदस्य वनेर योगदान गर्न एवं संस्थाले प्रदान गर्ने सेवा सुविधा उपभोग गर्न सक्दछन । सहकारीले उत्पादनमा जोड दिदै न्यायोचित वितरणको समेत कार्य गर्ने हुनाले दिगो विकासको अवधारणा अनुरुप अर्थव्यवस्थामा सहकारीले सवै वर्गको स्वामीत्व स्थापित हुने परिकल्पना र्गदछ । यो एउटा यस्तो संस्थागत सवल माध्यम हो जसले समुदायमा छरिएका स्थानीय श्रोत साधन र पुँजीलाई एकीकृत गरी व्यवस्थापन गर्ने कार्यकुशलता अभिवृद्धी गरी सदस्यहरुको आर्थीक सामाजीक र साँस्कृतीक विकास र्गदछ ।
सहकारीको सामाजीक उद्देश्य अन्तरगत उपलव्ध श्रोत साधनलाई सवै वर्ग र समुदायलाई समान रुपले आर्थीक उपलव्धीहरुको वितरण गरी सदस्यहरुलाई सामाजीक न्याय दिलाउनु सहकारीको प्रमुख उद्देश्य हो । समाजमा व्याप्त आर्थीक विचौलियापन , सामाजीक विभेद र उत्पीडन , साँस्कृतीक विचलन ,गरीवी ,व्यरोजगारी , आर्थीक शोषण र अन्याय अन्त्य गरी आर्दश समुन्नत , शुसस्कृत समाज र्निमाण गर्नु र मानिसहरुमा सहयोग, एकता ,इमान्दारीता ,स्वावलम्वन ,सामाजीक दायित्वको भावना जस्ता मानविय गुणहरुको विकास गर्नु सहकारीको सामाजीक उदेश्य हो ।
सहकारीको माध्यम वाट राम्रो रोजगार , स्वरोजगार , उध्यमसीलता र आर्थीक समृद्धी , भौतिक संरचनाको विकास ,शान्ती र न्याय स्थापनामा प्रत्यक्ष परोक्ष सहयोग पुगीरहेको छ ।यस्ता कामहरु भएका प्रसस्त उदाहरण हरु पनी छन । महिला ससक्तीकरण , साना व्यवसाय विकास , शिक्षा तालीम , नेत्तीत्व विकास का साथै कृषी उत्पादन र ग्रामीण पर्यटन विकासमा पनी सहकारीको महत्व पुर्ण भुमीका रही आएको छ ।
सहकारीका यती धेरै फाईदा हुदा हुदै पनी नेपालमा हाल आएर सहकारीको संचालनमा चुनौती हरु थपिदै गएका छन । यी मध्य मुख्यतया सहकारीको अवधारणको अल्पज्ञान र व्यवसायीक कार्य कुशलताको अभाव , नेतृत्व सैलिको अभाव , राज्यको न्यून अनुगमन , दोहोरो सदस्यता , अस्वस्थ प्रतिस्पर्धा हुन ।
उच्च नाफाको आश गर्ने प्रवितीले सहकारी भावनालाई मर्महात वनाएको छ । आफैले आफैवाट नाफा खाने भावना सहकारीमा हुनु हुदैन , केवल व्यवसाय संचालनको लागत व्यहोर्न र जोखीम व्यवस्थापनका लागी नाफा कमाउनु अनिवार्य छ ।
सहकारीमा शुसासन कायम गर्न र्सवप्रथम संचालक समिती लेखासुपरिवेक्षण समिति र व्यवस्थापकले सस्थावाट ऋण कारोवार गर्न हुदैन , यदी गराएको छ भने उक्त ऋण यथाशक्य छिटो चुक्त्ता र्गनु पर्ने देखीन्छ । आफैले समयमा राम्रो कारोवर गर्न नसके पछी सदस्यहरुलाई आर्थीक कारोवार राम्रो गर भन्न नसकीरहेको वर्तमान अवस्था छ । हाल सहकारीमा समस्या आएको प्रमुख कारण मध्यको यो पनी एक हो ।
सहकारी सदस्यहरुले आफैले नियम विनियम तयार गरी आफैले संचालन गरीने संस्था भएकाले राज्यले नियमन गरीदेला र संस्थामा शुुसासन कायम होला भनेर वस्न हुदैन , सस्थामा शुसासन कायम गर्न हरेक सदस्य सकृय रहनु र्पदछ । संचालक समिति र लेखा समितिका सदस्यहरु संस्थाले जारीगरेका निती नियम का साथै नियमन निकायले जारी गरेका निर्देशनहरुको अध्ययन र सो उपर छलफल , सोको सही पालना गरीरहन सके सस्थामा सधै शुुसासन कायम रहिरहन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्