लायन्स क्लब अफ लेखनाथ मेट्रो सिटीको अध्यक्षमा श्रेष्ठ

गाउँले मिडिया
  • ख-
  • ख+

लेखनाथ । लायन्स क्लब अफ लेखनाथ मेट्रो सिटीको वर्ष २०२३/२४का लागि सुरेन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

‘हामी सेवा गर्छौं’ भन्ने उद्देश्यका साथ स्थापना भएको क्लबको वार्षिक साधारण सभाले आगामी वर्षका लागि सर्वसम्मत रुपमा सुरेन श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो । यसै गरी समितिको प्रथम उपाध्यक्षमा जीवन तिवारी, द्वितीय उपाध्यक्ष निर्भान देवान र तृतीय उपाध्यक्षमा सुजन अधिकारी रहेका छन् ।

समितिको सचिवमा भुवन राज बराल, कोषाध्यक्षमा सुशीलचन्द्र पौडेल, प्रशासकमा निशान श्रेष्ठ, एलसीआइ कोओडिनेटरमा सन्तोष शर्मा अधिकारी र सर्भिस चियर पर्सनमा प्रेमकुमार जोशीलाई मनोनित गरिएको निर्वाचन संयोजक बलराम बरालले जानकारी दिएका छन् ।

लायन्स क्लब अफ लेखनाथ मेट्रोसिटीका अध्यक्ष उत्तम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष नगेन्द्रराज बराल र सचिव निशान श्रेष्ठ लगायतले लायन्स क्लबले अगाडि सारेका सामाजिक कामका बारेमा जानकारी गराएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्