शान्ति र वातावरण संरक्षणमा पोखरा २८ का आचार्यको विश्व साइकल यात्रा

गाउँले मिडिया
  • ख-
  • ख+

विश्वका अधिकांश विकसित देश आज हतियारको होडबाजीका साथ उत्पादन बढाई संसारकै अर्थतन्त्रमाथि प्रभुत्व जमाउने तर्फ लागेको देखिन्छ । यसले गर्दा विश्वमा अशान्तिको मुख्य कारण नै अर्थतन्त्रको स्रोत भएको देखिन्छ । पुँजी, प्रविधि, स्रोत र सूचना जस्ता उत्पादनका साधनका लागि कुनै पनि सीमा नरहने हुँदा यसबाट नेपाल गायत विश्वका साना एवं अविकसित देशमा दीर्घकालीन आर्थिक असुरक्षा हुन सक्छ ।

फलस्वरूप शान्ति र सुरक्षाका लागि ठूलो चुनौती हुने देखिन्छ । सन् १९९० पछि विश्वमा एक मात्र सर्वशक्तिमान् देश देखापर्नु, क्षेत्रीय शक्तिको उदय हुनु एवं असंलग्न राष्ट्रको प्रभावकारितामा ह्रास आउनु आदि कारणबाट स–साना राष्ट्र चिन्तित देखिएका छन् भने संयुक्त राष्ट्र संघले पनि अपेक्षित सार्थक सक्रियता देखाउन सकेको छैन ।

कुनै पनि देशको विकासको मेरुदण्ड शान्ति र सुरक्षा नै हो । सुरक्षाविना शान्ति र शान्तिविना दिगो विकासको कल्पना गर्न सकिन्न ।
आजको विश्व परिवेशलाई नियाल्दा शान्ति र सुरक्षालाई कुनै एक देशको आन्तरिक विषयको रूपमा मात्र नहेरी अन्तर्राष्ट्रिय, क्षेत्रीय र आन्तरिक रूपमा हेर्नुपर्ने बाध्यात्मक परिस्थितिको सिर्जना भएको छ । भनिन्छ, चीनको धान खेतीमा खडेरी प¥यो भने अफ्रिकाको बच्चा भोकै मर्छ र अफ्रिकाको जंगल नाश भयो भने, मंगोलियामा अक्सिजनको कमी भएर सास फेर्न गाह्रो पर्छ ।
विश्वमा नै देखिएको वातवरणीय प्रदुषणलाई न्यूनिकरण गरी शान्तिको सन्देश फैलाउने उद्धेश्यले पोखरा महानगरपालिका वडा नं.२८ का सुरेश आचार्यले आफ्नो साइकल यात्रा गरिरहेका छन् ।

विश्व साइकल यात्री सुरेश आचार्य

विश्वमा शान्ति र वातावरण संरक्षण प्रवद्र्धन गर्ने विश्व साईकल यात्राको मूख्य उद्धेश्य रहेको विश्व साइकल यात्री आचार्य बताउँछन् । भारत, म्यानमार, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, सिङ्गापुर, ताइवान, दक्षिण कोरिया, युक्रेन लगायतका देशहरुको साइकल यात्रा गरेका आचार्यले यात्राको क्रममा मिडिया, समुदाय, संघ संस्थाहरु एवम् सरोकारवालाहरुसँग समन्वय गर्दै विश्वमा शान्ति र वातावरण संरक्षणको सन्देश फैलाउने प्रयास गरेका छन् ।
विश्वमा सकारात्मक परिवर्तन ल्याउनको लागि साइकल यात्राको अभियानमा भाषाको समस्या, खाना र बस्नको समस्या, मौसमको समस्या भएको आचार्य बताउँछन् ।
विश्वका राष्ट्रहरुमा आफ्नो विश्व साइकल यात्राले सामाजिक र आर्थिक विकासमा थप टेवा पुग्ने उनले विश्वास व्यक्त गरे । विश्वमा भएको औद्योगीकरण र सहरीकरणका कारण प्राकृतिक स्रोतहरुको विनास सँगै जलवायु परिवर्तनमा आएको असरले वातावरण प्रदुषण हुन गएको भन्दै आचार्यले विश्वयमा शान्तिमय वातावरण निर्माणमा चेतना फैलाउनु साइकल यात्राको मूख्य उद्धेश्य भएको बताउछन् ।


आचार्यको अर्को गन्तव्य मुलुक युरोप, अफ्रिका, उत्तर अमेरीका र दक्षिण अमेरीका हो, जहाँ उनले विश्व शान्ति र वातावरण संरक्षणलाई निरन्तरता दिने योजना बनाएका छन्। युरोप भ्रमणका क्रममा उनले नेपालको ग्रामीण क्षेत्रका गरिब तथा विपन्न बालबालिकालाई शिक्षा प्रदान गर्न कोष सङ्कलन गर्ने योजना बनाएको बताए ।
युवा वर्गलाई विश्व शान्ति र वातावरण संरक्षण प्रवर्द्धन गर्न सकारात्मक सन्देश फैलाउने आफ्नो मिशनलाई सफल वनाईदिनको लागि उनले सरोकारवालासँग आग्रह गरेका छन् ।
आफ्नो साइकल यात्रा अभियानमा कुनै पनि सरकारले सहयोग नगरेको आचार्यले गुनासो गरे । विश्व शान्ति र वातावरण संरक्षण प्रवर्द्धन गर्न आचार्यको प्रयास महत्वपूर्ण रहेको छ । विश्वले कोभिड–१९ महामारी, आर्थिक असमानता र जलवायु परिवर्तन जस्ता धेरै चुनौतीहरूको सामना गरिरहेको बेला उनको साइकल यात्रालाई साथ र सहयोग गर्दै आप्mनो र आगामी पुस्ताका लागि राम्रो भविष्य निर्माण दिशामा काम गर्रौं ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्