पोखरा २८ मा अक्षर सुधार वर्ष घोषणा एवम् शैक्षिक कार्यपात्रो विमोचन

गाउँले मिडिया
  • ख-
  • ख+

ऋषिराम रानाभाट
पोखरा, बैशाख १३ । पोखरा महानगरपालिका वडा नं.२८ मा अक्षर सुधार वर्ष घोषणा एवम् शैक्षिक कार्यपात्रो विमोचन गरिएको छ । पोखरा महानगरपालिका वडा नं.२८ की वडा सदस्य एवम् शिक्षा समितिका सदस्य डाल्डा देवी भुजेलले सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या घट्नु चिन्ताको विषय भएको बताइन् ।
पोखरा महानगरपालीका वडा नं. २८ वडा कार्यालयद्धारा आयोजित उक्त अक्षर सुधार वर्ष घोषणा एवम् शैक्षिक कार्यपात्रो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै भुजेलले सामुदायिक विद्यालयमा शैक्षिक स्तर बृद्धि गर्न सकारेकारवाला सबैको चासो हुनुपर्नेमा जोड दिइन् । आगामी दिनमा शिक्षा समितिबाट विद्यालयमा शैक्षिक क्रियाकलापको अनुगमन गर्ने बताउँदै हरेक विद्यालयमा बालमैत्री तरीकाले पठनपाठन गर्नुपर्ने सुझाव दिइन् ।
यसै गरी वडा सदस्य विरेन्द्र भण्ढारीले सामुदायिक विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण घट्नका समस्याको पहिचान गरी सोही अनुसार शिक्षण सिकाइ गर्नुपर्ने बताए । यसै गरी शिक्षा समितका सदस्य एवम् कालिका बोडिङ स्कुलका प्रिन्सिपल राजेश भण्ढारी, सिद्ध आधाुरभुत विद्यालयका प्रधानाध्यपाक नेत्रकुमारी पराजुली, शैक्षिक कार्यपात्रो निर्माण समितिका सदस्य एवम् जनज्योति माध्याकि विद्यालयका शिक्षक रुद्र बहादुर थापा लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
जनज्योति माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश अधिकारीले स्वागत गरेका थिए भने सोही विद्यालयका प्रधानाध्यापक नगरेन्द्र लामिछानेले कार्यक्रम सञ्चालन गरेका थिए ।
यसै गरी सोही दिन पोखरा २८ रत्न शोभा माध्याकि विद्यालयमा अक्षर सुधार कार्यक्रम घोषणा एवम् शैक्षिक कार्यपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकदेव लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जनज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र लामिछानेले अक्षर लेखन कार्य कला भएको बताउँदै अक्षर सुधार घोषणा कार्यक्रमले शैक्षिक स्तर बुद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । पोखरा २८ मा रहेका सबै सामुदायिक विद्यालयहरुमा गरिने परीक्षा , शैक्षिक कृयाकलाप , विदा लगायतका कार्यक्रमहरु सञ्चालन गर्न एकरुपता ल्याउने उद्धेश्यले एउटै किसिमको शैक्षिक कार्यपात्रो निर्माण गरिएको बताए ।
यसै गरी शिक्षक गोपी मायाँ गुरुङ, शिक्षक प्रतिनिधि यदुनाथ पाण्डे लगायतले शिक्षण सिकाई क्रियाकलापका बारेमा धारणा राख्दै शैक्षिक कार्यपात्रोको महत्वका वारेमा आफ्नो भनाई राखेका थिए ।
विद्यालयका सहायक प्रधानाध्यापक उदयराज ओझाले स्वागत गर्दै नयाँ शैक्षिक सत्र सुरुवात सँगै अक्षर सुधार घोषणा कार्यक्रमले शैक्षिक स्तर बुद्धि गर्न सरोकारवला सबैलाई उत्साह बढेको बताएका थिए भने रत्न शोभा माध्यामिक विद्यालयका शिक्षक ऋषिराम रानाभाट, जनज्योति माध्यामिक विद्यालयका शिक्षक रुद्र बहादुर थापा र दिपक प्रसाद तिवारी शैक्षिक कार्यपात्रो निर्माण समितिमा रहेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्