टोपबहादुर रायमाझी काठमाडौंबाटै पक्राउ

गाउँले मिडिया
  • ख-
  • ख+

काठमाडौं । नक्कली शरणार्थी प्रक्ररणमा मुछिएका टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई काठमाडौंबाटै पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । तर, उनी  फरार थिए । सुरुमा प्रहरीलाई फोन गरेर आफू सम्पकर्मा आउने बताएका उनी सम्पर्कविहीन भएका थिए ।

उनलाई एमालेले कारबाही गरिसकेको छ । गत बुधबार एमालेले कारबाही प्रक्रियाको अन्तिम टुंगो नलागेसम्मका लागि निलम्बन गरेको हो ।

रायमाझीमाथि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौँ ठगी गर्ने गिरोहसँथ मिलेमतो रहेको आरोप लागेको छ ।

आइतबारसम्म प्रहरीले रायमाझीसहित १३ जनालाई पक्राउ गरिसकेको छ । रायमाझीसहित हालसम्म पक्राउ हुनेमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन् ।

यसैगरी केशव दुलाल, सानु भण्डारी, रामशरण केसी, गोविन्द चौधरी, टंक गुरुङ सन्देश शर्मा पोखरेल र सागर थुलुङ पनि पक्राउ परेका छन् ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्