सुकुम्बासी समस्या २ वर्षभित्र समाधान गर्ने प्रधानमन्त्रीको घोषणा

गाउँले मिडिया
  • ख-
  • ख+

१३ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या दुई वर्षभित्र समाधान गर्ने घोषणा गरेका छन् ।

शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले यस्तो घोषणा गरेका हुन् । नीति तथा कार्यक्रममा पनि भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको समस्या समाधान गर्ने विषय उल्लेख छ ।

रोजगारी सिर्जनाको एकीकृत कार्यक्रमका लागि स्थानीय तहमा सोझै बजेट पठाउँछौं : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी एकीकृत कार्यक्रम ल्याउने बताएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमसहितका विभिन्न कार्यक्रमलाई गाभेर छोटो अवधिको तालिम सञ्चालन र उत्पादन वृद्धिको एकीकृत कार्यक्रमका लागि स्थानीय तहमा सिधै बजेट पठाउने गरी बजेट ल्याउने उनले बताए ।

नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विगतमा ल्याएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना लगायतका कार्यक्रम प्रभावकारी नभएकाले यस्ता अरु पनि कार्यक्रम गाभेर एकीकृत कार्यक्रम ल्याउने बताएका हुन् ।

‘प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाजस्ता कार्यक्रमको सदुपयोग भएन । त्यसैले त्यस खालको कार्यक्रम गाभेर एकीकृत कार्यक्रम अन्तर्गत सिधै गाउँपालिकामा रकम जाने र त्यस खालको तालिम र उत्पादन कार्यक्रम अगाडि बढाउने बारेमा सोचेका छौं, यसबारेमा बजेट वक्तव्यमा प्रष्ट रुपमा आउनेछ’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्